सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । असार ७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।मन्त्रिपरिषद्ले जनस्वास्थ्यको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी हवाई उडान सञ्चालन गर्ने व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।त्यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि भने सरकारले कोटा तय गरेको छ । जसअनुसार–काठमाडौँ–दोहार रुटमा नेपाल वायुसेवाको दुई उडान र कतारको वा