मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ ।अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न भने केही दिन प्रतीक्षा गर्नुपर्नेछ।निर्वाचन आयोगले सो प्रयोजनका लागि आवश्यक सफ्टवेयर तयार गरिसकेको छ ।आगामी १० दिनभित्र अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।