निर्वाचन आयोगले आजदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको जनाएको हो । आयोगले ‘वेबबेस्ट भोटर लिस्ट प्रि–रजिस्ट्रेसन सिस्टम’ तयार गरेर काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) सेवा सुरु गरिएको जनाएको छ । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम