काठमाडौं : निर्वाचन आयोगले आजदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ। तर तत्काललाई यो व्यवस्था काठमाडौं उपत्यकामा मात्रै लागू हुने आयोगले जनाएको छ।पाइलट अपरेसनका रुपमा आजदेखि काठमाडौं, ललितपुर र भक्तपुरबाट अनलाइनमार्फत् नामावली दर्ता गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नागरिकले अनलाइनबाट फारम भर्न सक्ने आयोगले जनाएको छ। त्यसका लागि आयोगको वेबसाइटमा गएर व्यक्तिगत विवरण पेस गर्न