८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले आन्तरिक टर्मिनल नजिकै रहेको डम्पिङ साइटमा मंगलबार साँझ ७ बजेतिर फोहोर बाल्न आगो लगाए । तर, आगो यति बढ्दै गयो कि धुँवाको मुस्लोले विमानहरुको उडान–अवतरण नै प्रभावित भयो । टाढाबाट हेर्दा विमानस्थलमा आगो लागिरहेको जस्तो देखियो । आगो बढ्दै जाँदा नियन्त्रणमा लिन विमानस्थलभित्रका चार वटा फायर भेहिकल […]