पाल्पा । पाल्पाको निस्दी गाउँपालिका– ४ मित्यालका वडाध्यक्ष न्योबहादुर सुनारीको निधन भएको छ । नेकपा (एमाले) जिल्ला सल्लाहकार परिषद् सदस्यसमेत रहनुभएका ५२ वर्षीय सुनारीको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभावमा सोमबार निधन भएको परिवारले जनाएको छ ।