पाल्पामा वडाध्यक्षको निधन

पाल्पाको निस्दी गाउँपालिका– ४ मित्यालका वडाध्यक्ष न्योबहादुर सुनारीको निधन भएको छ । नेकपा (एमाले) जिल्ला सल्लाहकार परिषद् सदस्यसमेत रहेका ५२ वर्षीय सुनारीको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभावमा सोमबार निधन भएको परिवारले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार मेडिकल कलेज लगिनुभएका सुनारीको कमजोरी महशुस हुने पहिल्यैदेखिको समस्या र थप जटिलता आएर उपचारकै क्रममा निधन भएको गाउँपालिकाले जनाएको छ । सुनारीको निधनमा शोक वक्तव्य जारी गर्दै गाउँपालिका बन्द गरिने भएको छ

सम्बन्धित सामग्री

डाक्नेश्वरी –१ का वडाध्यक्षको निधन

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का वडाध्यक्षको आज निधन भएको छ । नगरपालकिाको वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद रायको हृदयघातका कारण निधन भएको नगरप्रमुख रामलखन मलहाले जनाकारी दिए । ६५ वर्षका वडाध्यक्ष राय पछिल्लो छ महिनायता प्यारालाइसिसका कारण बिरामी परेका थिए । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित उपचार गरिँदै आएका थिए […]

आगलागीबाट निर्वतमान वडाध्यक्षको निधन

काठमाडाैँ- कास्कीको मादी गाउँपालिका-१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर निधन भएको छ। आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको निधन भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए। उनका अनुसार आइतबार राति १०ः३० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो। सुरजकुमार विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित […]

डोटीमा वडाध्यक्षको निधन

१५ मंसिर, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । बुधबार गाउँकार्यपालिकाको बैठक सकेर सानागाउँबाट घर फर्किने क्रममा जोशीको बाटोमै निधन भएको हो । उनी एक्लै घर गइरहेका बेला एक्कासी बाटोमा ढलेका थिए । उच्च रक्तचापका बिरामी रहेका जोशीको हृदयघातबाट मृत्यु भएको हुन सक्ने गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए […]

डोटीको पूर्वीचौकी–६ का वडाध्यक्ष जोशीको निधन

डोटीका एक वडाध्यक्षको निधन भएको छ । पूर्वीचौकी गाउँपालिका–६ गाजरीका वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको हो ।

कार्यकक्षमै वडाध्यक्षको निधन

मरिण गाउँपालिका–६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ । आज कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्काघातका कारण उनको निधन भएको हो । बेहोस भएका लामालाई कपिलाकोट स्वास्थ्य चौकीमा पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको गाउँपालिका अध्यक्ष पानिराज बम्जनले जानकारी दिए ।लामाको निधनले मरिण गाउँपालिकाले एक असल, इमान्दार, कर्तव्यनिष्ठ र जनप्रेमी जनप्रतिनिधि गुमाएको र ठूलो क्षति व्यहोर्नुपरेको बम्जनले बताए । लामा नेकपा माओवादीबाट विसं २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित वडाध्यक्ष रहेका थ

बित्थडचिर गाउँपालिका–३ का वडाध्यक्षको निधन

बझाङ, ११ कात्तिक: बित्थडचिर गाउँपालिका–३ का वडाध्यक्ष नरबहादुर बोहराको निधन भएको छ । श्वासप्रश्वास रोगबाट पीडित बोहराको उपचारका क्रममा आज डडेल्धुरा अस्पतालमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष जानकी बोहराले जानकारी दिए । उनी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।-रासस/File Photo

बित्थडचिर गाउँपालिका–३ का वडाध्यक्षको निधन

काठमाडौं : बझाङको  बित्थडचिर गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष नरबहादुर बोहराको निधन भएको छ। बोहराको आज विहान निधन भएको गाउँपालिका उपाध्यक्ष जानकी बोहराले जानकारी दिइन्। दमका बिरामी उनको डडेल्धुरा अस्पतालमा निधन भएको उपाध्यक्ष बोहराले बताइन्। उनी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट  वडाध्यक्षमा निर्वाचित भएका थिए।

काठमाडौं- १९ का वडाध्यक्षको निधन

काठमाडौँ महानगरपालिका–१९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । खाना खाने नलीको क्यान्सर रोगबाट पीडित ६५ वर्षीय श्रेष्ठको आज दिउँसो नर्भिक अस्पतालमा निधन भएको वडा कार्यालयले जनाएको छ । तीन महिनाअघि मात्र उनमा खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको थियो । बिहानसम्म साविक झैँ कुराकानी गर्नुभएका श्रेष्ठलाई दिउँसो २ बजेपछि रोगले चापेको हो ।विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घको राजनीतिमा सक्रिय भएका श्रेष्ठ २०४९ सालको स्थानीय निकाय निर्वाचनदेखि वडाध्यक्ष निर्वाचित भएका थिए । विसं

कोरोनाबाट वडाध्यक्षको निधन

कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं  ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको आज  निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए ।यसैगरी कोरोनाबाट नै  बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ । पत्रकार महासङ्घ दाङका सदस्य समेत रहेका उनको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा आज अपराह्न निधन भएको हो । रेडियो हापुरेमा कार्यरत उनले गत हप्तामात्र कोरोनाला

कलैया उपमहानगरपालिका-८ का वडाध्यक्षको निधन

२७ फागुन, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–८ का वडाध्यक्ष विक्रम यादवको निधन भएको छ । काठमाडाैस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा यादवको बिहीबार बिहान निधन भएको हो । एक सातादेखि लिभर सिरोसिसको उपचार गराइरहेका यादवको बिहान १० बजेतिर मृत्यु भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । पाँच महिनाअघि लिभरमा समस्या भएपछि उनले त्यसको उपचार गराइरहेका […]