बित्थडचिर गाउँपालिका–३ का वडाध्यक्षको निधन

काठमाडौं : बझाङको  बित्थडचिर गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष नरबहादुर बोहराको निधन भएको छ। बोहराको आज विहान निधन भएको गाउँपालिका उपाध्यक्ष जानकी बोहराले जानकारी दिइन्। दमका बिरामी उनको डडेल्धुरा अस्पतालमा निधन भएको उपाध्यक्ष बोहराले बताइन्। उनी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट  वडाध्यक्षमा निर्वाचित भएका थिए। 

सम्बन्धित सामग्री

बित्थडचिर गाउँपालिका–३ का वडाध्यक्षको निधन

बझाङ, ११ कात्तिक: बित्थडचिर गाउँपालिका–३ का वडाध्यक्ष नरबहादुर बोहराको निधन भएको छ । श्वासप्रश्वास रोगबाट पीडित बोहराको उपचारका क्रममा आज डडेल्धुरा अस्पतालमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष जानकी बोहराले जानकारी दिए । उनी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।-रासस/File Photo