सिन्धुपाल्चोक । काठमाडौँदेखि एक सय २४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका कुनै समय गुलजार थियो । चिनियाँ बजारमा सामान खरिद गर्न पुग्ने व्यापारी र उपभोक्ताका कारण तातोपानी नाकामा चहलपहल निकै बढी थियो । तर २०७२ साल वैशाखमा आएको भूकम्पपछि भने तातोपानी नाकाको मुहार फेरिएको छ । अहिले समय भूकम्पले भत्काएका जीर्ण भवन र सीमा सुरक्षार्थ प्रहरी कार्यालय बाहेक अरू छैन । कुनै रेसकम र होटेलमा भ्याइन भ्याइ हुने यो क्षेत्रमा यति बेला एउटा पनि होटेल तथा रेस्टुराँ छैन ।
चीनसँग जोडिएको नेपालको सबैभन्दा पुरानो नाकाबाट भूकम्पपछि आंशिक रूपमा आयात खुला भएको चार वर्ष भए पनि निर्यात बन्द भएको सात वर्ष...