बाँके – अर्कै व्यक्तिकाे सट्टामा रोल्पा कारागारमा सजाय भोगिरहेको अवस्थामा ज्यान गुमाएका नेपालगञ्ज २ का सुन्दर हरिजनको मृत्युको सम्बन्धमा अधिकारकर्मीहरूको संयुक्त टोलीले स्थलगत अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।
आज मङ्गलवार नेपालगञ्जमा प्रतिवेदन सार्वजनिक गर्दै टोलीले घटना अत्यन्त गम्भीर रहेको भन्दै कारागार प्रशासन र नियमनकारी निकायमाथि प्रश्न चिह्न खडा गरेकाे छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, उच्च अदालत बार नेपालगञ्ज, एडभोकेसी फोरम लगायतका सङ्घ संस्थाहरूले घटनाको स्थलगत अनुगमन गरी प्र...