दलित किशोरको मृत्यु प्रकरण: दलित आयोगले भन्यो- कानुनी शासनको ठाडो उपहास

राष्ट्रिय दलित आयोगले रोल्पा कारागारमा मृत भेटिएका बालक सुन्दर हरिजन प्रकरणमा कानुनी शासनको ठाडो उपहास भएको बताएको छ । आयोगले घटनामा गम्भीर ढंगले छानविन गर्न र दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका सदस्य एवम् प्रवक्ता सुन्दर पुर्कुटीले विज्ञप्ति जारी गर्दै अवोध बालकलाई अनेक प्रपञ्च रचेर फसाउने काम गरिएको बताएका छन् ।

सम्बन्धित सामग्री

सुन्दर हरिजन मृत्यु प्रकरण : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

काठमाण्डाै – रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजन प्रकरणको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । अपराधीको सट्टा जेलमा राखिएका दलित किशोरको मृत्यु प्रकरणको छानबिन गर्न गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईंको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको छ । समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान उप–निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन् । ...

दलित किशोरको मृत्यु प्रकरण: कारागारका कर्मचारीको मिलेमतो देखिएन : प्रतिवेदन

रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजनको घटनाबारे छानबिन गर्न गठित समितिले कारागार विभागलाई सोमबार प्रतिवेदन बुझाएको छ । कारागार विभागले जेठ ६ मा विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईंको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सुरुमा समिति गठनबारे केही विवरण सार्वजनिक नगरेकामा गत शनिबार मात्र गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले चापागाईंको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको सार्वजनिक गरेका थिए ।