काठमाण्डाै – रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजन प्रकरणको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।
अपराधीको सट्टा जेलमा राखिएका दलित किशोरको मृत्यु प्रकरणको छानबिन गर्न गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईंको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको छ । समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान उप–निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन् ।
...