मधेस केन्द्रित विभिन्न दल त्यागेर एमालेमा गएका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकका सम्बन्धमा चालेको कदमको विरोध गरेका छन् । एमालेले राष्ट्रपतिको कदमलाई समर्थन गरे पनि मधेसवादी दलबाट हालै एमालेमा सामेल भएका नेताहरुले भने विरोध जनाएका हुन् ।जसपा नेपालका नेता उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छन् । उनले नागरिकता सम्बन्धी विधेयक पारित गराउनका लागि आफूहरुले समेत भूमिका निर्वाह गरेको स्मरण गराए । यद्यपि विधेयकमा केही त्रुटि रहेको र त्यसमा गम्भीर छलफलसमेत नगरी ह