वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभारतका पात्र धृतराष्ट्रसँग तुलना गरेका छन् ।
धृतराष्ट्रतले पुत्रमोहमा परेर दुर्योधनका हरेक गलत काममा साथ दिएको उदाहरण पेश गर्दै खरेलले राष्ट्रपति भण्डारीले त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको आरोप लगाए ।
उनले राष्ट्रपति भण्डारी आफ्नो संवैधानिक दायित्वबाट चुकेको आरोप पनि लगाए ।
'राष्ट्रपति संवैधानिक दायित्वबाट चुक्नुभयो । स्वतन्त्र र निष्पक्ष देखिने व्यवहार गर्नुभएन,' उनले भने, 'बहुमत सांसदको हस्ताक्षर पुगेपछि शेरबहा...