पालिकाको सेवा बन्यो दुर्गम

स्थानीय तहको पुनर्संरचनाका बेला राजनीतिक पहुँच नपुग्दा विजयपुरवासीको यात्रा सुगमतिर भन्दा दुर्गमतिर मोडिएको छ । नगरपालिकाको सेवा लिन पुर्चौडी नगरपालिका–१० का विजयपुरवासी एक दिनको पैदल बाटो हिँड्दै आएका छन् । नगरको सेवाबाहेक हाटबजार, क्याम्पस, औषधी उपचारका लागि भने एक घण्टाको दुरीमा रहेको छिमेकी गाउँपालिकाबाट सजिलै प्राप्त हुन्छ । स्थानीय तहको पुनर्संरचनाका बेला साबिकको विजयपुर गाविसलाई १० नम्बर वडामा गाभिएपछि सुगमबाट दुर्गमतर्फ मोडिएको हो ।

सम्बन्धित सामग्री

गौमुखी गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट

जिल्लाको दुर्गम पालिकाको रुपमा चिनिने गौमुखी गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट भएको छ ।

जुम्लाको पातारासीमा विवाह गर्दा सिफारिस अनिवार्य

जुम्ला – जुम्लाको पातारासी गाउँपालिकाले बालविवाह रोकथाम गर्ने उद्देश्यले अनिवार्य वडा पालिकाको सिफारिस चाहिने व्यवस्था गरेको छ । उक्त पालिका–५ मा पर्ने दुर्गम चार वटा गाउँलाई जुम्लाकै पहिलो बालविवाह मुक्त गाउँ घोषणा गरिएको छ । सन् २०३० सम्म नेपाललाई बालविवाह मुक्त मुलुक घोषणा गर्ने राष्ट्रिय उद्देश्य र दीगो विकासको लक्ष्यअनुरूप जिल्लाको पातारासीका गाउँलाई बाल विवाह […]

डिलाशैनीमा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’

काठमाडौँ, २० चैत । बैतडीको डिलाशैनी गाउँपालिकामा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालन हुने भएको छ । जिल्ला अस्पतालको आयोजनामा यही चैत २४ र २५ गते पालिकाको धामी गाउँमा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो । दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरसहित सेवा दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनको तयारी गरिएको अस्पतालका प्रमुख डा दीपेश श्रेष्ठले जानकारी दिए । कार्यक्रममा […]

एकीकृत शिविरमार्फत घरघरमै सेवा

मकवानपुरको विकट गाउँपालिका राक्सिराङले दुर्गम क्षेत्रका सर्वसधारणका लागि पालिकाले प्रदान गर्दै आएको सेवाहरुमा सहज पहुँच पुर्याउन एकीकृत शिविर सुरु गरेको छ। पालिकाको विकट क्षेत्रमा बसोबास गर्ने आम नागरिकलाई स्थानीय सरकारका सबै...

नरैनापुरका गाउँमा भएन विद्युतीकरण, स्थानीय अध्याँरोमा बस्न बाध्य

नेपालगञ्ज– बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाका केही गाउँमा अझै विद्युतीकरण भएको छैन ।  गाउँपालिकाको बनियाँ गाउँलगायतमा विद्युतीकरण नहुँदा स्थानीय अध्याँरोमा बस्न बाध्य भएको गाउँपालिका  अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए । ‘धेरै ठाउँमा विद्युतीकरण भएको छ तर केही ठाउँ बाँकी छ’, उनले भने। पालिकाको वडा नं ३ को रतैया, वडा नं १ को कटकुइँया, मझेरिटीलगायतका […]

सुगम पालिकाको दुर्गम ठाउँ : चट्याङबाट घाइते भएको २४ घण्टापछि उपचार

दाङ – दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ मा पर्छ गुरौँ गाउँ । जहाँ अहिले पनि बाटो, बिजुली, खानेपानी र आधार सेवा सुविधा केही पनि छैन ।  मंगलबार बेलुकी गुरौँ गाउँका १२ जना महिला, बालबालिकाहरु चट्याङमा परेपछि उपचारका लागि अस्पतालसम्म पुग्न गरेको संघर्ष निकै पीडादायी छ ।  तीजमा चेलीबेटी जम्मा भएर दिउँसो गाउँको सालडाँडामा पुगेर नाचगान गरेर बेलुकी फकिँदै गर्दा चट्याङले उनीहरुलाई चट्याङले लाग्यो । मंगलबार बेलुकी साढे पाँच बजेतिर लागेको चट्याङबाट दुई जनाको ज्यान गयो । अरु १०  जना...

कास्कीको क्याँदुखोला २ दिनदेखि पहिरोले थुनियो

२७ असार, पोखरा । कास्कीको मादी गाउँपालिकाको माथिल्लो भेगमा रहेको क्याँदू खोला पहिरोका कारण थुनिएपछि तल्लो तटीय क्षेत्र जोखिममा परेको छ । पालिकाको दुर्गम भेगको २ ठूला पहाडको बीचमा पहिरो गएर शनिबारदेखि खोला थुनिएको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । हुँगुमा सिक्लेसका केही स्थानीय भेडा चरणसँगै होटल व्यवसाय गर्छन् । नेपालकै सबैभन्दा […]

घोराही उपमहानगरभित्रकै एउटा गाउँ जहाँ न बिजुली छ, न मोटर बाटो

दाङ । भर्खर स्थानीय तहको निर्वाचन सकिएको छ । निर्वाचित जनप्रतिनिधिहरू कतै स्वागत सम्मान त कतै भेटघाट, कतै भोजभतेरसम्म व्यस्त छन् । विकासको  अभावमा बाँचेका गाउँले भने भोट माग्न आउँदा गरेका बाचा पूरा गर्न जनप्रतिनिधिहरू गाउँ फर्किन्छन् कि भन्ने आशमा बसेका छन् ।गाउँलेहरु जनप्रतिनिधिहरू कहिले आउलान् र विकासमा कुरा पूरा गरौँला भन्नेमा छन् । निर्वाचित जनप्रतिनिधिहरू दुर्गम गाउँमा भन्दा पालिकाको केन्द्रमै व्यस्त छन् । दुर्गम गाउँका बासिन्दा भने जनप्रतिनिधि कहिले आउलान् र चुनावको समयमा बाँडेका

एक दिनको बाटो चार घण्टामा छोट्टियो

दुर्गम क्षेत्र मानिने रघुगङ्गा गाउँपालिका–८ को कुइने सडक सञ्जालसँग जोडिएको छ । सडक सञ्जालमा जोडिएसँगै कुइनेका बासिन्दालाई जिल्ला सदरमुकाम बेनी र पालिकाको केन्द्र मौवाफाँट पुग्न एक दिन लाग्ने गरेकामा अब यात्रा चार घण्टामा छोट्टिएको छ । सडक निर्माण भएपछि आवतजावत, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु ढुवानी, कृषि उपज र जडीबुटी निकासी गर्न सहज भएको वडाध्यक्ष गमान छन्त्यालले बताए । अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्यता रहेको कुइनेमा मोटरसाइकल, जीप र ट्र्याक्टर गुड्न थालेका छन् । बिरामीलाई अस्पताल पु¥याउन सहज भएको छ । ...

बैतडीका सबै पालिका सडक सञ्जालमा जोडिए

बैतडी – बैतडीको दुर्गम क्षेत्र मानिने सिगास गाउँपालिकाको केन्द्र गर्जेमा सडक पुगेको छ । बैतडीकाे पाटन नगरपालिका ८ को बिप्याकटालदेखि डडेल्धुराको बेलापुर हुँदै गाँउपालिकाको केन्द्रसम्म सडक पुगेको हो । गाउँपालिकाको केन्द्रमा सडक पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । भाैगौलिक विकटताका कारण विकास निर्माणमा केही कठिनाइ भए पनि गाउँपालिकाको केन्द्रमा सडक पुगेकाले आजको दिन ऐतिहासिक भएको गाँउपालिकाका अध्यक्ष हरि सिंह धामीले बताउनुभयो । विभिन्न चुनौती र समस्याका बाबजुद पालिकाको केन्द्रमा सडक पुर्&z...