घोराही उपमहानगरभित्रकै एउटा गाउँ जहाँ न बिजुली छ, न मोटर बाटो

दाङ । भर्खर स्थानीय तहको निर्वाचन सकिएको छ । निर्वाचित जनप्रतिनिधिहरू कतै स्वागत सम्मान त कतै भेटघाट, कतै भोजभतेरसम्म व्यस्त छन् । विकासको  अभावमा बाँचेका गाउँले भने भोट माग्न आउँदा गरेका बाचा पूरा गर्न जनप्रतिनिधिहरू गाउँ फर्किन्छन् कि भन्ने आशमा बसेका छन् ।गाउँलेहरु जनप्रतिनिधिहरू कहिले आउलान् र विकासमा कुरा पूरा गरौँला भन्नेमा छन् । निर्वाचित जनप्रतिनिधिहरू दुर्गम गाउँमा भन्दा पालिकाको केन्द्रमै व्यस्त छन् । दुर्गम गाउँका बासिन्दा भने जनप्रतिनिधि कहिले आउलान् र चुनावको समयमा बाँडेका

सम्बन्धित सामग्री

साझाका बिजुली बस परीक्षण ६ महीना बित्दा पनि सकिएन

काठमाडौं । साझा यातायातले चीनबाट आयात गरेका ३७ ओटा बिजुली बस ६ महीनादेखि ग्यारेजमै थन्किएका छन् । गत असोज अन्तिम सातातिर नेपाल ल्याइएका ३७ ओटा बिजुली बस तिहारलगत्तै सञ्चालनमा ल्याउने भनिए पनि अझसम्म ग्यारेजबाट बाहिर निस्केका छैनन् । त्यसताका बस परीक्षणका लागि १ महीना पर्याप्त हुने र सबै कुरा ठीक भए १ महीनाभित्र सञ्चालन गर्न सकिने बताएको साझाले अझसम्म पनि परीक्षण नसकिएको दाबी गरेको छ । साझा यातायातका कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले परीक्षणको काम अझै नसकिएकाले बसहरू सञ्चालनमा नआएको बताए । ‘सबै प्रक्रिया पुर्‍याएर परीक्षण गर्दा केही समय लाग्यो । त्यसैले बसहरू सञ्चालन गर्न सकिएको छैन,’ उनले आर्थिक अभियानसँग भने । परीक्षणको काम नसकिएकाले कहिलेदेखि सडकमा आउँछन्, अहिले नै भन्न नसकिने उनले बताए । सरकारले साझालाई ३ सयओटा विद्युतीय बस किन्न ३ अर्ब रुपैयाँ दिएको छ । साझाले यी बस प्रतिगोटा १ करोड ५० लाख रुपैयाँका दरले किनेको हो । पहिलो लटमा ४० ओटा बस ल्याउनुपर्ने सम्झौताअनुरूप साझाले ती बस ल्याएको बताएको छ । बस आपूर्ति र मर्मतसम्भारका लागि चीनको सीएचटीसी (नान्जिङ) अटोमोबाइल कम्पनीसँग साझाले सम्झौता गरेको थियो । सिटी बसको डिजाइनमा बनेका यी सेमी–फ्लोर बस २५ जनाभन्दा बढी यात्रु क्षमताका छन् । यी बस वृद्ध, अशक्त र बालबालिकाका लागि उपयोगी मानिन्छन् । अपांगता भएका व्यक्तिका लागि समेत सुविधायुक्त ती बसमा ह्विलचियरबाट समेत सजिलै चढ्न सकिन्छ । टीभी, सीसी क्यामेरा र वाइफाई कनेक्टिभिटीको सुविधासहितका यी बसमा १ सय ६० किलोवाट क्षमताको ब्याट्री प्याकमा १ सय ६५ किलोवाटको मोटर जडान गरिएको छ । फुल चार्ज ब्याट्रीले २ सय किलोमीटरसम्मको माइलेज दिने बताइएको छ ।

चुनावी मुद्दा पत्याउँदैनन् मतदाता

गत स्थानीय तह निर्वाचनमा प्रमुख मुद्दा बनेका ५ वर्षमै समृद्धि, स्मार्ट सिटी, स्मार्ट भिलेज, टोलटोलमा मोटर बाटो, उत्पादन दोब्बर, घरघरमा रोजगार, नमुना विद्यालय, टोलटोलमा बिजुली, घरघरमा धारा, एक गाउँ एक उत्पादन जस्ता लोकप्रिय नारा यसपटकका निर्वाचनमा देखिएका छैनन् ।

भारतीय अटो बजारमा पहिलो ईलेक्ट्रिक मोटरसाईकल 'टर्क क्रेटोस' सार्वजनिक हुँदै

माघ १२, काठमाडौं । लामो समयको प्रतिक्षापछि भारतीय अटो बजारमा टर्क मोटर्सले आफ्नो पहिलो ईलेक्ट्रिक मोटरसाईकल टर्क क्रेटोस सार्वजनिक गर्ने भएको छ । भारतको ७३ औं स्वतन्त्रता दिवस पारेर कम्पनीले आफ्नो महत्वकांक्षी उत्पादन टर्क क्रेटोस सार्वजनिक गर्न लागेको हो । कम्पनीले मेड ईन ईण्डियालाई जोडदिने उद्देश्यले स्वतन्त्रता दिवसको दिनै सार्वजनिक गर्न लागेको बताएको छ । यसअघि ओला ईलेक्ट्रिक तथा सिम्पल ईनर्जीले गत वर्षको स्वतन्त्र दिवस पारेर आफ्नो इलेक्ट्रिक स्कुटरको लञ्च गरेका थिए ।  टर्क मोटर्सले २०१६ मा आफ्नो टि–सिक्स एक्स इलेक्ट्रिक मोटरसाईकलको प्रदर्शन गरेको थियो । जसको मुल्य १ लाख २५ हजार भारतीय रुपैयाँ कायम गरेको थियो ।  तर यो मोटरसाईकल ठूलो मात्रामा उत्पादन गर्ने अवस्थामा भने पुगेन । तर ५ वर्षपछि फेरी टर्कले बाईकको स्टाईलको साथ साथै यसको फ्रेम अथवा पावरट्रेनमा महत्वपूर्ण संशोधन गरिएको कम्पनीले दावी गरेको छ । कम्पनीको अनुसार यो क्रेटोसमा एलईडी हेड र टेल लाईटस् मा एक नयाँ स्प्लिट सीट साथ उन्नत एर्गोनामिक्स हुनेछ । क्रेटोस, टार्कका लागि आइपी–६७  रेटेड लिथियम आयन ब्याट्रि प्याक, एक उन्नत एक्सियल फ्लक्स मोटर (९६ प्रतिशत रेटिङसहित), फास्ट चार्जिङ क्षमता र फोरजी कनेक्टिभिटीको साथ उपलब्ध हुनेछ । तर कम्पनीले स्पेसीफिकेसनको बारेमा स्पस्ट भने पारेको छैन ।  तर बुझ्नमा आए अनुसार क्रेटोसको एक पटकको फुल चार्जमा १०० किलोमिटर भन्दा बढि दूरी पार गर्ने बताइएको छ ।  यसमा टर्क इनट्यूटिव रेस्पोन्स रिपरेटिङ सिस्टम (टिआरआईओएस) का साथ उपलब्ध हुने टर्कले पहिले पनि पुष्टि गरिसकेको छ । जुन हरेक सवारीसाधनमा क्षमता विश्लेषण, रियल टाईम बिजुली खपत, डाटा संकलन  र पूर्वानुमानसँग सबन्धित छ ।  टर्क क्रेटोसको मूल्य एक्स–शोरुम, एफएएमई (२ सब्सिडीसहित) लगभग १ लाख ३० हजारदेखि ४० हजारसम्म हुन सक्ने बताइएको छ । यसले भारतीय बजारमा रिभोल्ट आरभि ४०० लाई टक्कर दिने बताइएको छ ।  बाईकको लागि प्रि–बुकिङ २६ जनवरीबाट शुरु हुने तथा यसको डेलिभरी भने मार्चको अन्त्यसम्म शुरु हुने विश्वास कम्पनीले लिएको छ ।

फोटोनकाे इभी नेपाल आउँदै, कार्गो र स्कूल भ्यान ल्याउने

काठमाडाैं । फोटोन मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान र स्कूल भ्यान नेपाली बजारमा ल्याउने भएको छ । फोटोनका यी भ्यानहरुमा १०० किलोवाट मोटर  रहेकाे छ जसकाे क्षमता १३६ हर्सपावर रहेकाे छ । यी भ्यानहरुको रेञ्ज सिङ्गल चार्जमा २५० किलोमिटर रहेको छ। बिजुली गाडी बाट वातावरण प्रदुषण […]

चेपाङलाई कोरोनाभन्दा अनिकालको चिन्ता

चारैतिर जंगल, बीचमा अलिकति खाली भिरालो पाखो । यही पाखामा छन् ६४ घरधुरी । गाउँको नाम हो सैपाम । कालिका नगरपलिका–११ मा पर्ने यो गाउँमा मोटर बाटो, बिजुली पुगेको छैन । वडा कार्यालय रहेको सिद्धिको तीनदोभान पुग्न हिँडेर तीन घण्टा लाग्छ । ७६ वर्षका शेरबहादुर चेपाङ आँखा देख्दैनन् । खुट्टा पनि राम्रोसँग चल्दैन ।

बल्ल बल्यो बिजुली

टुकीकै भरमा रात कटाउँदै आएका जिल्लाका एक सय १५ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान गरिएको छ । जिल्लाको दमौली र घुमाउने घाट जोड्ने बुद्धसिं मोटर मार्गमा पर्ने बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका र देवघाट गाउँपालिकाका खहरे, थुमथुमे, व्यासको मास्दी, ढाप, सुँढे र रिजाल्दीमा बिहीबार राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान गरिएको हो ।

भारत भित्रियो संसारकै सबैभन्दा सस्तो बिजुली गाडी, कति पर्छ मूल्य ?

यसमा ३३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री र ३३ किलोवार्टको मोटर जडान गरिएको छ

थोरै बिजुली खतप गर्ने पंखा र मोटर बेच्न विद्युत प्राधिकरणले ठाउँ उपलब्ध गराउने

नेपाल विद्युत प्राधिकरण हिउँद सकिएर गर्मी याम सुरु हुनै लाग्दा विद्युत बचतको उपाय खोजीमा लागेको छ। उर्जा बचत गर्न प्राधिकरणले कम विद्युत खपत गर्ने सिलिङ पंखा र पानी तान्ने मोटर उत्पादक तथा वितरक कम्पनीलाई ती वस्तु बेच्न स्थान उपलब्ध गराउने भएको छ। ती वस्तु विक्रीका लागि प्राधिकरणले देशभरीका शाखामा स्थान उपलब्ध गराउने भएको हो। प्राधिकरणले…

पानी घट्टको प्रयोग रहर की कहर ?

मनाङ, माघ १७ - मनाङवासी अझै परम्परागत पानी घट्टमा कुटनीपिसानी गरेर जीविकोपार्जन गर्न बाध्य छन् ।जिल्लाका अधिकांश वस्तीमा बिजुली बत्ती, मोटर बाटोको सुव...

मनाङमा अझै पनि पानी घट्टको प्रयोग

मनाङवासी अझै परम्परागत पानी घट्टमा कुटनीपिसानी गरेर जीविकोपार्जन गर्न बाध्य छन्। जिल्लाका अधिकांश वस्तीमा बिजुली बत्ती, मोटर बाटोको सुविधा पुगे पनि दैनिक जीवनको लागि अति आवश्यक पर्ने कुटानीपिसनी अनधुनिक मिल भने छैन।