विराटनगर महानगर : नागेशले लिए करिब ४ हजार मतको अग्रता

विराटनगर : विराटनगर महानगरपालिकाको मतगणनाको पछिल्लो परिणामअनुसार प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइरालाले करिब ४ हजार मतको अग्रता लिएका छन्। उनले १५ हजार ४३० मत पाएका छन्। महानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार सागर थापाले ११ हजार ४९३ मत पाएका छन्। एमालेका थापाले कांग्रेसका कोइरालालाई पछ्याइरहँदा तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार उमेश यादव रहेका छन्। यादवले ४ हजार ८०७ मत पाएका छन्।उपप्रमुखमा भने एमाले उम्मेदवार शिल्पा कार्कीले ६ हजार मतको अग्रता लिएकी छन्। उनले १३ हजार  १

सम्बन्धित सामग्री

नौमती बाजा संरक्षणका लागि तालिम दिँदै विराटनगर महानगर

मगर बाजा तथा संस्कृति संरक्षणका लागि विराटनगर महानगरपालिकाले स्थानीयलाई तालिम दिन थालेको छ। नेपाल मगर संघ विराटनगर महानगर समितिको सहकार्यमा महानगरपालिकाले ३१ दिने नौमती बाजा प्रशिक्षण सुरु गरेको हो। आफ्ना मौलिक...

रोजगार मेला आयोजना गर्दै विराटनगर महानगर

विराटनगर : विराटनगर महानगरपालिकाले विभिन्न सङ्घ संस्थाको समन्वयमा युवा रोजगारी अभिवृद्धिका लागि ‘महानगर रोजगार मेला–२०८०’ आयोजना गर्ने भएको छ।आगामी चैत २ र ३ गते स्थानीय वीरेन्द्र सभागृहनजिकै इको फन पार्कमा लाग्ने सो मेलामा ४० वटा स्टल रहने बताइएको छ।प्रारम्भमा १५० युवालाई तत्काल रोजगार उपलब्ध हुने भएकाले विदेश जान नचाहने र स्वदेशमै रोजगार गर्न चाहने युवायुवतीले लाभ लिन सक्ने विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले आज (मंगलवार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।उनले पहिलोपट

विराटनगर महानगर एफएमको परीक्षण प्रसारण सुरु

मोरङ- विराटनगरमा रहेको तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम रेडियो नेपालबाट विराटनगर महानगर एफएमको परीक्षण प्रसारण सुरु भएको छ। सञ्चारग्रामका कार्यालय प्रमुख बलराम चौधरीका अनुसार असोज पहिलो साताबाट औपचारिक रूपमा एफएम सुरु हुने भनिए पनि शनिबारबाट परीक्षण प्रसारण सुरु गरिएको हो। विराटनगर महानगर एफएमको ब्याण्डविथ १०३ मेघाहर्ज रहेको उनले बताए। परीक्षण प्रसारणका क्रममा आइतबार बिहान ११ बजेबाट […]

सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्दैै विराटनगर महानगर

विराटनगर, २२ जेठ । विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारिता पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । महानगरले शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राख्दै प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्नका लागि विषय विज्ञसँग छलफल समेत गरेको छ । महानगर प्रमुख नागेश कोइरालाले डिजिटल साक्षरतासँगै प्रविधिमा आधारिता शिक्षाले मात्रै अब विश्व बजारमा माग भइरहेको […]

विराटनगर महानगर प्रमुख नागेश कोइराला मलेसिया प्रस्थान

मोरङ – एसिया प्यासेफिक राष्ट्रका प्रमुख सहरको सञ्जाल सिटीनेतको निर्वाचनका लागि विराटनगर महानगर प्रमुख नागेश कोइराला मलेसिया प्रस्थान गरेका छन्। मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार श्रेष्ठका अनुसार सोमबार मेयर कोइराला मलेसिया प्रस्थान गरेका हुन्। उनका अनुसार सिटी नेटको निमन्त्रण र कार्यकारिणी निर्वाचनमा सहभागिताका लागि मेयर कोइरालाको मलेसिया भ्रमण भएको हो। तीनदिने भ्रमणका क्रममा मेयर कोइरालाले […]

विराटनगर महानगर : नयाँ मतदाताको एउटै एजेण्डा

विराटनगर महानगरपालिका–१० का गोकुल कार्की प्रिन्टिङ व्यवसायमा रमाइरहेका छन् । उनी लामो समयदेखि यो पेसामा लागेका हुन् । यसअघिकै निर्वाचनमा उनको नाम मतदाता सूचीमा थियो तर, उनले मतदान गरेनन् । कारण, उनलाई भोट हाल्ने इच्छा नै थिएन ।यस पटक भने मज्जाले भोट हाल्ने उनको रहर छ । ‘यो भन्दा अगाडि भोट नै दिइनँ । दिन मन नलागेर नदिएको हुँ । यस पटक मज्जाले भोट दिन्छु,’ कार्की भन्छन्, ‘मलाई सरल रूपले काम गर्ने वातावरण मिलोस् । मैले तिरेको करको सही सदुपयोग होस् ।’उनलाई पीएचडी गर्ने इ

विराटनगर महानगर : आधा बाचा अधुरै

६ चैत, विराटनगर । कोरोना महामारीका बेला घर-घरमा अक्सिजन सिलिण्डर पुर्‍याउँदै हिंडेपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले राम्रै प्रशंसा पाए । सामाजिक कार्यमा ठिकठाक देखिएका विराटनगरका जनप्रतिनिधिले पूर्वाधार विकासतर्फ जनअपेक्षा मात्र होइन, आफ्नै घोषणापत्र अनुसार काम गर्न सकेको छैन । बेरुजुको बढ्दो ग्राफले पराजुली नेतृत्वमा पाँच वर्षमा महानगरको आर्थिक सुशासन समेत कमजोर देखाएको छ । […]

नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा नवीन पौडेल निर्विरोध

विराटनगर : नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा नवीन पौडेल निर्विरोध निर्वाचित भएका छन्।विराटनगरमा भएको प्रथम अधिवेशनबाट पौडेल निर्विरोध निर्वाचित भएका हुन्। नगर कमिटीको उपाध्यक्षमा दिनेश राजवंशी, सावित्रा गौतम र डम्मरु भट्टराई निर्विरोध निर्वाचित भएका छन्। नगर कमिटीको सचिवमा नमिता न्यौपाने  निर्विरोध भएकी हुन्। उनी यसअघि पनि सचिव नै थिइन्। सहसचिवमा केमुना ओडारी मैनाली (शारदा) र कोषाध्यक्षमा महम्मद परबेज आजाम निर्विरोध निर्वाचित भएका छन्।नगर कमिटी सहइन्चार्

माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा पौडेल निर्वाचित

नेकपा (माओवादी केन्द्र) विराटनगर महानगर कमिटीको अध्यक्षमा नविन पौडेल  सर्वसम्मत निर्वाचित भएका छन् । कमिटीको सचिवमा नमिता न्यौपाने निर्वाचित भएकी छन्।शनिबार आयोजित प्रथम अधिवेशनबाट  उपाध्यक्षमा दिनेश राजवंशी, सावित्रा गौतम र ज्ञानु भट्टराई, सहसचिवमा केमूना ओडारी मैनाली र कोषाध्यक्षमा प्रवेज आजम निर्वाचित भएका छन् । अधिवेशनले ९९ सदस्यीय कमिटी चयन गरेको छ

खनाल–नेपाल पक्षले गठन गर्यो युवा संंघ नेपाल विराटनगर महानगर कमिटी

विराटनगर । नेकपा एमालेको खनाल–नेपाल पक्षले युवा संंघ नेपाल विराटनगर महानगर कमिटी गठन गरेको छ । खनाल–नेपाल पक्षले बुधबार सुरेन शाक्यको अध्यक्षतामा १५१ सदस्यीय युवा संंघ नेपाल महानगर कमिटी गठन गरेको हो ।युवा संंघ नेपाल महानगर कमिटीको उपाध्यक्षमा क्रमशः कल्याण कटुवाल र ईश्वर माझीले जिम्मेवारी पाएका छन् । त्यस्तै सचिवमा जुनु पोख्रेल र सहसचिवमा क्रमशः संजय गुप्ता, निरज मल्ल, दिना यादवले जिम्मेवारी पाएका छन् । कोषाध्यक्षमा रितेश गौतमले जिम्मेवारी पाएका छन् । नेकपा एमालेका केन्द्रीय सद