विराटनगर : नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा नवीन पौडेल निर्विरोध निर्वाचित भएका छन्।विराटनगरमा भएको प्रथम अधिवेशनबाट पौडेल निर्विरोध निर्वाचित भएका हुन्। नगर कमिटीको उपाध्यक्षमा दिनेश राजवंशी, सावित्रा गौतम र डम्मरु भट्टराई निर्विरोध निर्वाचित भएका छन्। नगर कमिटीको सचिवमा नमिता न्यौपाने निर्विरोध भएकी हुन्। उनी यसअघि पनि सचिव नै थिइन्। सहसचिवमा केमुना ओडारी मैनाली (शारदा) र कोषाध्यक्षमा महम्मद परबेज आजाम निर्विरोध निर्वाचित भएका छन्।नगर कमिटी सहइन्चार्