नेकपा (माओवादी केन्द्र) विराटनगर महानगर कमिटीको अध्यक्षमा नविन पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । कमिटीको सचिवमा नमिता न्यौपाने निर्वाचित भएकी छन्।शनिबार आयोजित प्रथम अधिवेशनबाट उपाध्यक्षमा दिनेश राजवंशी, सावित्रा गौतम र ज्ञानु भट्टराई, सहसचिवमा केमूना ओडारी मैनाली र कोषाध्यक्षमा प्रवेज आजम निर्वाचित भएका छन् । अधिवेशनले ९९ सदस्यीय कमिटी चयन गरेको छ