विराटनगर । नेकपा एमालेको खनाल–नेपाल पक्षले युवा संंघ नेपाल विराटनगर महानगर कमिटी गठन गरेको छ । खनाल–नेपाल पक्षले बुधबार सुरेन शाक्यको अध्यक्षतामा १५१ सदस्यीय युवा संंघ नेपाल महानगर कमिटी गठन गरेको हो ।युवा संंघ नेपाल महानगर कमिटीको उपाध्यक्षमा क्रमशः कल्याण कटुवाल र ईश्वर माझीले जिम्मेवारी पाएका छन् । त्यस्तै सचिवमा जुनु पोख्रेल र सहसचिवमा क्रमशः संजय गुप्ता, निरज मल्ल, दिना यादवले जिम्मेवारी पाएका छन् । कोषाध्यक्षमा रितेश गौतमले जिम्मेवारी पाएका छन् । नेकपा एमालेका केन्द्रीय सद