अटेर गरेको आरोपमा व्यवसायी र अटो एम्बुलेन्स प्रहरी नियन्त्रणमा

हेटौंडा : मकवानपुरको हेटौंडामा प्रशासनको नियम उल्लंघन गरेको बरोपमा व्यवसायी र अटो एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कोरोना संक्रमित बोक्न सञ्चालन भएको अटो एम्बुलेन्सले खाद्यान्न बोकेको र भिडभाड गरेर व्यवसाय सञ्चालन गरेको भन्दै ३ जना व्यवसायी तथा एकजना अटो एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा हेटौंडाका व्यवसायी हिरालाल शाह, सुवासराज मैनाली र बमबहादुर थापा रहेका छन् भने अटो चालक रवीन्द्र परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव