स्थानीयलाई अनुदानमा अटो रिक्सा दिँदै फलेवास नगरपालिका

पर्वत : पर्वतको फलेवास नगरपालिकाले नगरवासीलाई आवागमन गर्न सहज होस् भनी अनुदानमा अटो रिक्सा वितरण गर्ने भएको छ।नगरभित्रका बासिन्दालाई सहज, सरल, मितव्ययी, भरपर्दा, नियमित र गुणस्तरीय यातायातको पहुँच विस्तार गर्न सातवटा अटो रिक्सालाई लगानीको ३० प्रतिशत अनुदानमा उपलब्ध गराउने गरी यो कार्यक्रम सुरु गर्न लागिएको नगरप्रमुख पदमपाणि शर्माले बताए।नगरपालिकाको फलेवासदेखि मुडिकुवासम्मको सडक कालोपत्रे भएको तथा ग्रामीण क्षेत्रका सडक पनि सहज अवस्थामा रहेका कारण अटो रिक्सा सञ्चालन गर्न लागिएको उनको भनाइ छ।&