काठमाडौं । बिहीबार प्रतिनिधिसभाले नयाँ सभामुख पाउने भएको छ । सभामुख चयनका लागि बिहीबार प्रतिनिधिसभामा मतदान हुँदैछ । गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी दल कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले सभामुखमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्। न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला छन्। […]