अमेरिकाको नर्थ क्यारोलाइनामा बस्ने एक व्यक्तिले त्यहाँका राष्ट्रपति जो बाइडनलाई ज्यान मार्ने धम्की दिएको भन्दै अभियोग लगाइएको छ ।
ग्यास्टोनियाका डेभिड काइल रीभ्सलाई एक साताअघि पक्राउ गरिएको थियो । उनले राष्ट्रपति बाइडनलाई शारीरिक क्षति पुर्याउने धम्की दिएको अदालतको मिसिलमा खुलेको छ ।
जनवरी २८ देखि फेब्रुअरी १ को बीचमा रीभ्सले ह्वाइट हाउसको स्विचबार्डमा कैयौंपटक फोन गरेर राष्ट्रपति बाइडन र अन्यका विरुद्ध धाकधम्की दिएका थिए ।
एउटा कलमा रीभ्सले सबैजनालाई मार्ने र टाउको छिनालिदिने धम्की दिए...