मकवानपुरको भुटनदेवी मन्दिरमा विगतका वर्षमाजस्तो दसैँको रौनक देखिएको छैन । विगतका वर्षमा दसैँको घटस्थापनादेखि नै दर्शनार्थीहरूको भिड लाग्ने भुटनदेवी मन्दिरमा यसपाली भने खासै रौनक देखिएको छैन ।भुटनदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठले नवरात्री सुरु भएपछि मन्दिरमा जसरी दर्शनार्थी आउने गर्दथे, त्यो भिड नदेखिएको बताए । कोरोनाको जोखिम कायमै रहेकाले पनि मन्दिरमा भक्तजनको उपस्थिति कम भएको हुन सक्ने उनको भनाइ छ ।भुटनदेवी मन्दिर हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मा अवस्थित एक प्र