दाङमा ऐतिहासिक ‘भोटे मेला’ सुरु

दाङ - दाङको ऐतिहासिक ‘भोटे मेला आजदेखि सुरु भएको छ । जुम्ला, हुम्ला, मुगुलगायतबाट यार्सागुम्बा, जडीबुटी, राडी, कम्बल बेच्न आएका भोटेहरूले दाङको तुलसीपुरमा भोटे मेला लगाउने गरेको इतिहास छ । पछिल्लो समय २०६१ सालदेखि बन्द रहेको यो मेला गएकाे वर्षदेखि दाङबासीले नै चासोका साथ  पुनःसञ्चालन गरेका हुन् । ऐतिहासिक मेलालाई संरक्षण गर्ने उद्देश्यले मेला लगाउन सुरु गरिएको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दीपक कुमालले बताउनुभयो । उहाँकाअनुसार मेला आउँदाे चैत २ गतेसम्म सञ्चालन हुनेछ । याे मे...