तलब भता माग गर्दै रौतहटका शिक्षकहरू आन्दोलित भएका छन् । गत साउन महिना देखि हालसम्म तलब र भता नपाएपछि शिक्षकहरू मंगलबारदेखि जिल्लाको सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने गरी आन्दोलमा उत्रिएका हुन्।
तलव भताको माग गर्दै शिक्षकहरू सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि दवाव स्वरुप शान्तिपूर्ण धर्ना प्रदर्शन गर्दा स्थानीय प्रशासनले प्रहरी मार्फत बल प्रयोग गरेर दुव्र्यवहार गरेको भन्दै मंगलवार देखि अनिश्चितकालिन विद्यालय बन्द गरेर जिल्ला शिक्षा कार्यालयमा धर्ना दिने शिक्षकहरूले निर्णय गरेका छन्।