पोखरा । पछिल्लो समयमा तीव्ररूपमा कोरोना संक्रमण फैलिएपछि पोखरा क्षेत्रका शैक्षिक संस्थाहरु बन्द हुने भएका छन् ।कोरोनाको त्रास बढेपछि मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रका शैक्षिक संस्थाहरुको पठन–पाठन बन्द गर्ने निर्णय गरेसँगै पोखरा महानगरपालिकाका सवै शैक्षिक संस्था आगामी जेठ १ गतेसम्म बन्द हुने भएका हुन् । यसअघि पोखरा महानगरको शिक्षा शाखा र निजी विद्यालयका छाता संगठनबीच भएको छलफलमा तत्काल महानगर क्षेत्रभित्रका विद्यालय बन्द नगर्ने सहमति भएको हो । तर केन्द्र सरकारले नै बन्द गर्ने नि