म्याग्दीका शैक्षिक संस्था १४ दिन बन्द

म्याग्दी : कोरोना भाइरस संक्रमण बढेपछि म्याग्दीका सम्पूर्ण शैक्षिक संस्था १४ दिन बन्द हुने भएको छ। समुदाय स्तरमा संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सोमवार साँझ बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको आकस्मिक वैठकले बैशाख १५ देखि २८ गतेसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।म्याग्दीका प्रमुख जिल्ल अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले कोरोना रोगथामका लागि हाललाई विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो। विद्यार्थी र शिक्षकलाई