आसन्न निर्वाचनमा राष्ट्रबादी र आत्मसमर्पणबादीबीच प्रतिस्पर्धा हुने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । हाल विकसित ध्रुवीकरणलाई हेर्दा आगामी निर्वाचनमा राष्ट्रवादी र आत्मसमर्पणवादीबीच प्रतिस्पर्धा हुने देखिएको उनको भनाइ छ । बागमती गाउँ पालिकाको फापरबारीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले राष्ट्रलाई माया गर्ने र विदेशी चलखेलबाट देशलाई मुक्त पार्न चाहनेहरु जती आगामी चुनावमा एकजुट हुनुपर्नेमा जोड दिए । मुलुक कुशासनको दलदलमा भासिएको र भ्रष्टाचारको चक्रव्यूहमा फसेक