१३० भूमिहीन दलित परिवारलाई लालपूर्जा वितरण

टीकापुर । कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित बादी बस्तीमा १३० भूमिहीन दलित परिवारलाई लालपूर्जा वितरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक कार्यक्रमकाबीच त्यहाँका १३० भूमिहीन दलित परिवारलाई लालपूर्जा वितरण गरेकी हुन् । जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्दै उनले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर […] The post १३० भूमिहीन दलित परिवारलाई लालपूर्जा वितरण appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

भूमिहीनले पाए लालपुर्जा

राष्ट्रिय भूमि आयोग स्थापनायता मकवानपुरका ११९ जना भूमिहीनले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन् । अव्यवस्थित बसोबासी, भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको पहिचान गरी विभिन्न चरणमा लालपूर्जा वितरण गरिएको हो । नापी कार्यालय मकवानपुरका प्रमुख एवम् राष्ट्रिय भूमि आयोग मकवानपुरका सदस्य सचिव नापी अधिकृत पूर्णहरि सुवेदीका अनुसार हालसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१३ का ६९ जना, बागमतीका ३९ […]

भूमिहीन सुकुमबासीले पाए लालपूर्जा

काठमाडौं  ।  सरकारले भूमिहीन दलित तथा सुकुम्वासीलाई जग्गाधनी लालपूर्जा वितरण थालेको छ ।  बुधबार भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठले इलाम र झापाका ५४ परिवार भूमिहीन सुकुमबासीलाई जग्गाधनी लालपूर्जा प्रदान गरेकी हुन् । झापाको कनकई नगरपालिकाका २९ र  इलामको चुलाचुली गाउँपालिकाका २५ परिवारले पूर्जा पाएका हुन् । ‘यो देशमा हजारौं भूमिहीन, दलित […]

बाँकेका सुकुम्बासीले पाएनन् लालपूर्जा

काठमाडौं । बाँकेका भूमिहीन दलित सुकुम्बासीहरुले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका छन् । बाँकेका भूमिहीन, दलित सुकुम्वासी र अव्यवस्थित बसोवास गर्ने करिव ५७ हजार सुकुम्वासीहरुले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका हुन् । वन ऐनको कारण राष्ट्रिय भूमि आयोगले भूमीहीन,दलित सुकुम्वासी र अव्यवस्थित सुकुम्बासीहरूलाई जग्गाको लालपूर्जा वितरण गर्न ढिलाई भएको जनाएको छ । जग्गा […]

चुनावको बहानामा लालपुर्जा वितरण रोकिँदैन : मन्त्री श्रेष्ठ

विराटनगर । सरकारले गत वर्ष कात्तिकदेखि हालसम्ममा ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको छ । मोरङको कानेपोखरी ६ मा आयोजित लालपूर्जा वितरण समारोहलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले यस्तो जानकारी दिएकी हुन् । उनले लालपूर्जा वितरणको काम कुनै पनि बहानाले नरोकिने पनि बताइन् ।‘गत कात्तिक १६ गतेदेखि महोत्तरीको रामगोपाल गाउँपालिकाबाट सुरु गरेको धनीपुर्जा वितरण अहिले देशभरि भइरहेको छ,’ मन्त्री श्रेष्ठले भ

एक वर्ष नपुग्दै ४९ हजारलाई लालपूर्जा दियौं : मन्त्री श्रेष्ठ

२८ भदौ, विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले एक वर्षमा ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरेको बताएकी छन् । मोरङको कानेपोखरी गाउँपालिका– ६ मा आयोजित लालपूर्जा वितरण कार्यक्रममा उनले गत वर्षको कात्तिकयता ४९ हजारलाई लालपूर्जा वितरण गरेको बताएकी छन् । उनले लालपूर्जा वितरणको काम कुनै पनि […]

मोरङमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले आज मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र भूमिहीन दलित गरेर ३६ वटा लालपुर्जा वितरण गरेकी छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङ मार्फत कानेपोखरी गाउँपालिकाको वडा नं. ६ का २७ भूमिहीन सुकुम्बासी र ९ भूमिहीन दलित घरपरिवारलाई मन्त्री श्रेष्ठले लालपूर्जा वितरण गरेकी हुन् । मन्त्री श्रेष्ठले यही वर्षभित्रमा गाउँव्लक, पुनःनापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँव्लकमा लालपूर्जा वितरण गरिसक्ने गरी काम तिब्र पा

पाँच हजार लालपूर्जा वितरण गर्ने तयारी

बारा । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाराले पाँच हजार लालपूर्जा वितरण गर्ने तयारी गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अगावै पाँच हजार लालपुर्जा बाँड्ने तयारी गरेको हो । आयोगको जिल्ला समितिले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबास गरेका पाँच हजारलाई तत्कालै लालपुर्जा बाँड्ने गरी काम भइरहेको जनाएको छ । जिल्लाका १६ […]

मकवानपुरमा भूमिहीन दलितलाई लालपूर्जा वितरण

संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरणको कामलाई तिब्र पारिएको छ ।  मकवानपुरको बागमती गाउँपालिकाको वडा नं. ४ मा भूमिहीन दलितलाई लालपूर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले देशभर रहेका सबै भूमिहीनलाई जग्गा प्राप्त गर्ने गरी अभियान तिब्र पारिएको बताइन् । मन्त्री श्रेष्ठले एक वर्षभित्र देशभर रहेका सबै खालका भूमिहीनहरुले जग्गा प्राप्त गर्ने अभियान अगाडी बढिसकेको भन्दै सरकारले शुरु गरेको

सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया शुरु

चितवन । रत्ननगर नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया शुरुआत गरेको छ । नगरस्तरीय भूमीसम्बन्धी समस्या समाधान सहजीकरण समितिको बैंठकले लालपूर्जा वितरणको लागि औपचारिक रुपमा काम शुरु गर्ने निर्णय गरेको हो ।

सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया सुरु

रत्ननगर नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया सुरुआत गरेको छ। नगरस्तरीय भूमीसम्बन्धी समस्या समाधान सहजीकरण समितिको बैंठकले लालपूर्जा वितरणको लागि औपचारिक रुपमा काम सुरु गर्ने निर्णय गरेको हो।