काठमाडौं । वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता युएस ओपन अमेरिकामा सुरू भएको छ । न्युयोर्कमा सुरू भएको यो प्रतियोगितालाई किर्तीमानी खेलाडी सेरेना विलियम्सको अन्तिम प्रतियोगिताको रूपमा हेरिएको छ । आधुनिक टेनिसमा २३ ग्राण्डस्लाम जितेकी सेरेना सर्वाधिक उपाधि जित्ने दोस्रो सफल खेलाडी हुन् । उनीभन्दा बढी अष्ट्रेलियन खेलाडी मार्गरेट कोर्टले २४ ग्राण्डस्लाम उपाधि जितेकी छिन् । […]
टेनिसका दिग्गज खेलाडी नोभाक जोकोभिचले अमेरिका प्रवेशको अनुमति नपाएपछि युएस ओपन टेनिस प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् । जोकोभिचले कोरानाविरुद्धको खोप नलगाएका कारण अमेरिका प्रवेशको अनुमति नपाएका हुन् । युएस ओपनको आधिकारिक ट्वीटर ह्यान्डलमा दिइएको जानकारी अनुसार उनले सो प्रतियोगिता गुमाउने भएका हुन् । जोकोभिचले सो प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिइसकेको जनाइएको छ । युएस ओपन प्रतियोगिताकी निर्देशक स्टेसी एलेस्टरका अनुसार नोभाक एक महान च्याम्पियन हुन् र उनी सन् २०२२ मा उपलब्ध नहुनु दुःखद् व
एजेन्सी, २८ भाद्र । युएस ओपन टेनिस जितेको भए सर्वियाका नोभाक जोकोभिक २१ वटा ग्रान्डस्लाम जितेर किर्तिमान बनाउन सफल हुन्थे । तर, उनलाई आज विहान भएको फाइनलमा रुसका डानिल मेडभेडेभले सोझो सेटमा पराजित गरी रोकिदिए । विश्व नम्बर एक जोकोभिकलाई ६-४, ६-४ र ६-४ को सेटमा मेडभेडेभले पराजित गरे । उत्कृष्ट लयमा रहेका २५ वर्षीय […]
काठमाडौँ- युएस ओपन टेनिसकी साविक विजेता नोआमी ओसाका तेस्रो चरणबाट बाहिरिएकी छन् । शनिबार भएको खेलमा क्यानडाका एन्नी फर्नान्डेजसँग पराजित हुँदै ओसाका बाहिरिएकी हुन् । तेस्रो वरियताकी ओसाकाले पहिलो सेट जिते पनि त्यसपछिको सेट गुमाइन् । १८ वर्षिया क्यानेडियन खेलाडीमाथि ओसाकाले पहिलो सेटमा ७-५ ले जितेकी थिइन्। त्यसपछिको सेटमा ओसाका ७-६ (७-२) र ६-४ ले […]
युएस ओपन टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा ब्रिटिश खेलाडी एन्डी मरे पहिलो खेलबाटै आउट भएका छन् । उनी ग्रीक खेलाडी विश्व नम्बर ३ स्टेफानोस सिटसिपससँग पराजित भए ।
खुट्टामा लागेको चोटका कारण राफाल नाडालले यस सिजनको युएस ओपन टेनिस प्रतियोगिता गुमाउने भएका छन् । स्पेनिस स्टार नाडाल यस वर्षभर कोर्टबाहिरै हुनेछन् । चोटकै कारण गत साता उनले सिन्सिनाट्टी र क्यानेडियन ओपन गुमाएका थिए । ‘मैले चोटका कारण धेरै खराब महसुस गरिसकेको छु र केही समय आराम लिन चाहन्छु,’ ३५ वर्षका नाडालले इन्स्टाग्राममा लेखेका छन् । उनले परिवार र आफ्नो टिमसँग सल्लाह गरेर यस्तो निर्णय लिएको बताएका छन् । गत जुनमा फ्रेन्च ओपनको सेमिफाइनलमा नाडाललाई नोभाक जोकोभिचले हराएका थि