नोभाक जोकोभिचले अमेरिका प्रवेश अनुमति पाएनन्, युएस ओपनमा सहभागी नहुने

टेनिसका दिग्गज खेलाडी नोभाक जोकोभिचले अमेरिका प्रवेशको अनुमति नपाएपछि युएस ओपन टेनिस प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् । जोकोभिचले कोरानाविरुद्धको खोप नलगाएका कारण अमेरिका प्रवेशको अनुमति नपाएका हुन् । युएस ओपनको आधिकारिक ट्वीटर ह्यान्डलमा दिइएको जानकारी अनुसार उनले सो प्रतियोगिता गुमाउने भएका हुन् । जोकोभिचले सो प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिइसकेको जनाइएको छ । युएस ओपन प्रतियोगिताकी निर्देशक स्टेसी एलेस्टरका अनुसार नोभाक एक महान च्याम्पियन हुन् र उनी सन् २०२२ मा उपलब्ध नहुनु दुःखद् व