खुट्टामा लागेको चोटका कारण राफाल नाडालले यस सिजनको युएस ओपन टेनिस प्रतियोगिता गुमाउने भएका छन् । स्पेनिस स्टार नाडाल यस वर्षभर कोर्टबाहिरै हुनेछन् । चोटकै कारण गत साता उनले सिन्सिनाट्टी र क्यानेडियन ओपन गुमाएका थिए । ‘मैले चोटका कारण धेरै खराब महसुस गरिसकेको छु र केही समय आराम लिन चाहन्छु,’ ३५ वर्षका नाडालले इन्स्टाग्राममा लेखेका छन् । उनले परिवार र आफ्नो टिमसँग सल्लाह गरेर यस्तो निर्णय लिएको बताएका छन् । गत जुनमा फ्रेन्च ओपनको सेमिफाइनलमा नाडाललाई नोभाक जोकोभिचले हराएका थि