काठमाडौं। मनोकामना स्मार्ट लघुवित्तको साधारण सेयर (आईपीओ) आज बाँडफाँड भएको छ। सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलका आनुसार लघुवित्तको आईपीओमा कुल १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन पेस थिए। जसमध्ये ३६ हजार ३४९ जनाले लघुवित्तको सेयर प्राप्त गरे भने भाग्यमानी २ जनाले ११ कित्ता शेयर प्राप्त गरेका हुन्।