‘व्यवसाय सञ्चालनमा समय सीमा नलगाउ’

दाङ– व्यवसायीहरुले व्यवसाय सञ्चालनमा समय सीमा नलगाउन माग गरेका छन् । समयसीमा लगाउँदा होटेल तथा रेष्टुरेष्ट व्यवसायलाई समस्या परेको भन्दै समय बढाउनसमेत उनीहरुले माग गरेका छन् ।दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीहरुको शान्ति सुरक्षा तथा बजार व्यवस्थापनका बारेमा सरोकारवालासँग छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।साँझको समयमा छिटो होटेल तथा रेष्टुरेष्ट व्यवसाय बन्द गर्दा […]

सम्बन्धित सामग्री

झापामा सशस्त्र प्रहरीको थप तीनवटा बिओपी सञ्चालनमा

झापा- झापामा थप तीनवटा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट सञ्चालनमा आएको छ। भारतसँग सीमा जोडिएको झापामा अपराधिक गतिविधि बढ्न थालेपछि झापामा सशस्त्र प्रहरीले थप तीनवटा बोर्डर आउटपोस्ट (बिओपी) सञ्चालनमा ल्याएको हो। बुधबार एक कार्यक्रमका बीच झापाको गौरीगञ्ज गाउँपालिकामा दुई र कचनवकलमा एउटा बिओपी संयुक्त रुपमा उद्घाटन गरिएको छ। गौरीगञ्ज- २ मा बिओपी लालमाटी, गौरीगञ्ज- ४ मा […]

कहिले सञ्चालनमा आऊला चिवाभञ्ज्याङ नाका ?

भारतको सिक्किम र पाँचथरको याङवरक गाउँपालिकासँग सीमा जोडिएको यो ठाउँको चर्चा लामो समयदेखि भए पनि नेपालतर्फ विकास हुन सकेको छैन भने नाका सञ्चालनमा ल्याउनका लागि पहल पनि हुन सकेको छैन ।

इजरायलले दुई साता बन्द गरेको गाजा नाका पुनः खोल्यो

इजरायलले सीमा विरोधका कारण दुई हप्ताका लागि बन्द गरेको नाका पुनः सञ्चालनमा ल्याएको छ ।

व्याँसमा सीमा कार्यालय पुनः संचालनमा

लामो समयदेखि बन्द रहेको व्याँस गाउँपालिकास्थित सीमा प्रशासन कार्यालय सन्चालनमा आएको छ। कार्यालय पुन: खुला भएसँगै सदरमुकाम खलंगामा बसेर सेवा दिइरहेका कर्मचारी व्याँस पुगेका छन्। व्याँसको कार्यालय खुलेसँगै सीमा प्रशासन कार्यालय दार्चुलाले दुई...

पूर्ण रुपमा सञ्चालनमा आयो रसुवागढी नाका

काठमाडौं। रसुवागढी नाका शनिबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ। यसअघि आंशिक रूपमा आयात–निर्यात भए पनि ३८महिनादेखि मानिसको आवतजावत ठप्प थियो। शनिवारदेखि भने नाका पूर्णरुपमा सञ्चालनमा आएको हो। नेपाल–चीन सीमा व्यापार संयन्त्रको ल्हासामा मार्च २९ गते बैठक बसेको थियो। उक्त बैठकमा भएको सहमतिअनुसार नाका पूर्ण रूपमा सञ्चालनमा आएको हो। नाका पूर्ण रूपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन्।

वालेट रकमको सीमा वृद्धि

नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७२ र भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गर्ने अनुमति नीति, २०७३ जारी गरी गैरबैंकिङ क्षेत्रबाट विद्युतीय माध्यमका उपकरणमार्फत कारोबार गर्न सक्ने व्यवस्था लागू गर्‍यो । नीतिगत व्यवस्था नहुँदै निजीक्षेत्रबाट कारोबार शुरू भइसकेको थियो । बैंकले लिएको नीतिले नगदबाट गरिने कारोबार कम गर्दै जाने प्रयासलाई छोटो समयमा उपलब्धिका रूपमा लिन सकिन्छ । मोबाइल र इन्टरनेटका माध्यमबाट बैंक खातामार्फत कारोबार हुने भएकाले प्रोत्साहन गर्दा नगद कारोबारमा कमी आउन सक्छ । तर, एटीएमबाट नगद झिकी सामान किनिने हुँदा नगद कारोबारमा कमी आउन सक्ने देखिँदैन । आधुनिक भुक्तानी उपकरणका रूपमा सर्वप्रथम नबिल बैंक लिमिटडले सन् १९९० मा क्रेडिट कार्ड, हिमालयन बैंक लिमिटेडले १९९५ मा एटीएम, कुमारी बैंक लिमिटेडले २००२ मा इन्टरनेट बैंकिङ र लक्ष्मी बैंक लिमिटेडले २००४ मा एसएमएस बैंकिङ शुरू गरेका थिए । यी सेवाहरू अन्तरराष्ट्रिय मापदण्ड, आधुनिक प्रविधिमा आधारित थिए र प्रणालीगत सुरक्षा अवधारणाको पूर्ण परिपालना गरिएका थिए । बैंकले वित्तीय पहुँच अभिवृद्धि गर्न, भुक्तानीका उपकरणबाट गरिने कारोबार दुर्गम भेगसम्म पु¥याउन तथा नगदको प्रयोग कम गर्ने उद्देश्यले गैरबैंकिङ संस्थाले कार्ड वा वालेटमार्फत भुक्तानी र ट्रान्सफरका कारोबार गर्न सक्ने व्यवस्था लागू गर्‍यो । बैंकले मौजुदा कानून र नीतिगत व्यवस्थाको अधीनमा रही २०७८ साउनसम्म भुक्तानी प्रणाली सञ्चालक १० र भुक्तानी सेवाप्रदायक २८ गरी ३८ संस्थालाई सेवा सञ्चालन अुनमति प्रदान गरिसकेको छ । अनुमतिप्राप्त संस्थामध्ये केहीले सेवा प्रदान गरिरहेका छन् त केही सेवा सञ्चालन गर्ने तयारीमा छन् । २०७८ साउनसम्म ९४१५ एजेन्ट तयार भई ९२ लाख ५३ हजारभन्दा बढी वालेट सञ्चालनमा रहेको देखिन्छ । यस अवधिमा वालेटबाट १ करोड ३१ लाख ५५ हजारपटक कारोबार गरी रू. १४०५२ लाख रकम बराबर कारोबार भएको छ । औपचारिक रूपमा वालेटमार्फत कारोबार शुरू भएको छोटो समयमा प्राप्त उल्लिखित वित्तीय प्रगतिलाई महŒवपूर्ण उपलब्धि मान्नुपर्छ । बैंकले सीमासम्बन्धी निर्देशन जारी गर्नुअघि बैंक, वित्तीय संस्थाले आआफ्नै किसिमबाट कारोबारमा सीमा लगाएका थिए । बैंकले कारोबार रकम, उपकरण, नगद मौज्दात, भौगोलिक अवस्था र उपकरणको प्राविधिक सुरक्षालाई आधार मानी प्रतिपटक, दिन र महीना गरी तीन तहको सीमा निर्धारण ग¥यो । यसबाट प्रतिकारोबार र प्रतिदिन कारोबार बढी भए तापनि महीनाको कारोबार सीमाले नियन्त्रण गर्न सहज हुने व्यवस्था लागू गरिएको थियो । विद्युतीय उपकरणबाट भुक्तानी/ट्रान्सफर २४/७ विधिमा अनवरत रूपमा भइरहन्छ । प्रणालीगत संरचनाले सुरक्षा प्रदान गर्ने र मानिसको प्रत्यक्ष सम्पर्कबाट कारोबार नियन्त्रण गर्न नसकिने भएकाले सीमा अनिवार्य मानिएको छ । प्रणालीलाई कुनै किसिमबाट नियन्त्रणमा लिई सर्वसाधारणको निक्षेपमा हानिनोक्सानी पुर्‍याइएमा त्यसको जिम्मेवारी सञ्चालन गर्ने संस्था, सेटलमेन्ट बैंक र अन्त्यमा अनुमतिपत्र प्रदान गर्ने बैंकमा रहन्छ । सेवाप्रदायक संस्थाले कारोबार सीमा वृद्धि गरी दैनिक रूपमा ठूलो परिमाणमा भुक्तानी र ट्रान्सफरको सुविधा प्रदान गर्नुपर्ने आवाज उठाइरहेको देखिन्छ । निर्देशन स्वीकार गरी व्यवसाय सञ्चालन गर्न ठूलो धनराशी लगानी गरिएकाले कारोबार गर्न सहज हुने मागलाई स्वाभाविक रूपमा लिनुपर्छ । तर, सर्वसाधारणको निक्षेप र वित्तीय कारोबारको सुरक्षा गर्ने अन्तिम दायित्व बैंकमा रहेकाले सम्पूर्ण माग स्वीकार गर्न नसकिने देखिन्छ । वालेटबाट गरिने कारोबारको प्रतिपटक सीमा वृद्धिले वस्तु वा सेवा खरीदको भुक्तानीमा सहज हुन्छ । त्यसलाई प्रतिमहीना कारोबार सीमाले नियन्त्रण गर्नुपर्छ । मोबाइल र इन्टरनेटको माध्यमबाट बैंक खातामार्फत कारोबार हुने भएकाले प्रोत्साहन गर्दा नगद कारोबारमा कमी आउन सक्छ । तर, एटीएमबाट नगद झिकी सामान खरिद गरिने हुँदा नगद कारोबारमा कमी आउन सक्ने देखिँदैन । बैंकले सेवाप्रदायकले प्रयोग गर्ने उपकरण÷वालेटको प्राविधिक सुरक्षासम्बन्धी मापदण्डहरू निर्धारण गरेको छ । प्रत्येक २ वर्षको अन्तरालमा आर्थिक वर्ष समाप्त भएको ६ महीनाभित्रमा प्रणालीगत लेखा परीक्षण गरी प्रतिवेदन पेश गर्नुपर्छ । तर, थोरै पूँजीमा स्थापित संस्थाहरूले प्रयोग गर्ने एप्लिकेशन, सुरक्षा व्यवस्था र प्रणालीगत लेखाप्रणालीको प्रभावकारिता छलफलको विषय हुन सक्छ । गैरबैंकिङ क्षेत्रबाट सञ्चालित वालेटमार्फतको कारोबारलाई ग्रामीण भेगसम्म पँहुच वृद्धि गर्न र सानो भुक्तानीलाई प्राथमिकता दिनुपर्नेमा बैंकिङ प्रणालीमा आबद्ध शहरी ग्राहकलाई महŒव दिइरहेकाले यस्तै प्रक्रियाबाट दूरदराजसम्म वित्तीय पहुँच सम्भव देखिँदैन । कारोबारको सीमा वृद्धिले वित्तीय पहुँच सम्भव छैन । ठूलो रकमको भुक्तानीलाई आरटीजीएस प्रणाली र इन्टरबैंक पेमेन्ट सिस्टम सञ्चालनमा रहेका छन् । उक्त प्रणालीबाट कारोबार गर्न बैंकसम्म पुग्नुपर्छ तर कनेक्ट आईपीएसबाट बैंकसम्म नगई घरबाट सम्पूर्ण कारोबार गर्न सकिन्छ । गैरबैंकिङ क्षेत्रबाट सञ्चालित वालेटको पहुँच विस्तारमा सेवाप्रदायक संस्था र बैंकले आत्मबोध नगरेको अनुभव वालेट कारोबारमा भएको सीमा वृद्धिले प्रस्ट्याउँछ । वालेट कारोबारको सीमा प्रतिपटक रू. ५० हजार, प्रतिदिन रू.१ लाख र प्रतिमहीना रू. १० लाख कायम गरिएकाले बैंकबाट सञ्चालित मोबाइल/इन्टरनेट बैंकिङ समकक्षमा वालेटलाई उभ्याइदिएको छ । शहरी कारोबारीबाहेक शहरोन्मुख ग्रामीण भेगमा बसोवास गर्ने ग्राहकको आजको आवश्यकता वालेटको पहुँच वृद्धि हो । ग्रामीण वा जिल्ला सदरमुकाममा बसोवास गर्ने व्यक्तिले प्रतिकारोबार रू. ५० हजार र प्रतिदिन रू. १ लाखका दरले कति प्रतिशतले कारोबार गर्छन् भन्ने तथ्यांक उपलब्ध भएको भए सीमा वृद्धिभन्दा पहुँच वृद्धिलाई प्राथमिकतामा राखिन्थ्यो होला ? पहुँच वृद्धिको पहिलो प्रयास वित्तीय साक्षरता कार्यक्रम र वालेट कारोबारको सुरक्षा मजबुती हो । वालेटमा जम्मा गरिएको रकम सेटलमेन्ट बैंकको सेटलमेन्ट खातामा जम्मा हुन्छ । ग्राहकको वालेटमा भएको एकमुष्ट रकम र सेटलमेन्ट खातामा जम्मा भएको रकमको योगफल बराबर हुनुपर्छ । वालेटमा देखिने सम्पूर्ण रकम बैंकिङ प्रणालीमा रहन्छ । बैंकले वालेटमा रातभर रहने रकमको शतप्रतिशत सीमा वृद्धि गरी रू. २५ हजारबाट रू. ५० हजार कायम गरिदिएको छ । वालेट भुक्तानीको माध्यम मात्रै भएकाले वस्तु वा सेवा खरीदका लागि बैंक खाता वा एजेन्टबाट वालेटमा ट्रान्सफर गरी भुुक्तानी गर्न सकिने हुँदा वालेटमा रकम राखिरहनुपर्ने आवश्यकता देखिँदैन । भुक्तानी तथा फछ्र्योट विनियमावली, २०७७ को विनियम २२(६) मा वालेट मौज्दतमा ब्याज प्रदान गर्न सकिने व्यवस्थामा सेवाप्रदायक संस्थाले ब्याज प्रदान नगर्दा पनि बैंकले पहल गरेको देखिँदैन । तर, वालेटमा रहने रकमको सीमा वृद्धिले ग्राहकलाई फाइदा नभई ब्याज मात्रै घाटा हुन सक्ने देखिएको छ । वालेटमा रातभर रहने रकमको सीमा वृद्धिले सेटलमेन्ट खातामा ठूलो रकम मौज्दात रहने र भविष्यमा यही व्यवस्था कायम रहेमा सेटलमेन्ट बैंकका लागि भुक्तानी सेवाप्रदायकसँग बैंकले अनुचित सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ । वालेटमा रहने रकमको सीमा वृद्धिले भुक्तानी सेवाप्रदायकले समानान्तर बैंकिङ व्यवसाय सञ्चालन गर्न सक्ने, शहरकेन्द्रित हुने, वालेटमा बढी रकम राख्ने ग्राहकको खोजीमा संस्थाहरू रहने, ग्राहकलाई व्याज घाटा हुने, सेटलमेन्ट खातामा ठूलो मौज्दात जम्मा हुँदा केही समयका लागि कल खातामा रकम ट्रान्सफर हुन सक्ने देखिएकाले केन्द्रीय बैंकलाई निगरानीको बोझ थपिने तथा सुरक्षा जोखिममा वृद्धि हुन सक्ने देखिन्छ । दैनिक भुक्तानीका लागि सीमा वृद्धि उचित नै देखिए तापनि रातभर वालेटमा रहने रकमको सीमा वृद्धिले भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई बाहेक अन्यलाई फाइदा पुग्न सक्ने देखिँदैन । लेखक बैंकिङ तथा आधुनिक भुक्तानी प्रणाली सम्बन्धमा जानकार व्यक्ति हुन्

भारतसँग सीमा जोडिएका इलामका २ स्थानीय तहमा अस्थायी कोभिड अस्पताल

इलाम : नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण फैलिएपछि भारतसँग सीमा जोडिएको इलामका २ स्थानीय तहमा अस्थायी कोभिड अस्पताल संचालनमा ल्याइएको छ।सूर्योदय नगरपालिका र माइजोगमाईले अस्थायी अस्पताल संचालनमा ल्याएका हुन्। नेपाल–भारत नाका रहेको पशुपतिनगरमा मंगलबारबाट सूर्योदय नगरपालिकाले १० बेडको कोभिड–१९ अस्थायी अस्पताल नाम दिएर सञ्चालनमा ल्याएको हो।माइजोगमाईले आजबाट नयाँबजारमा ५ बेडको अस्पताल संचालनमा ल्याएको छ। कोभिड अस्पतालमा बेड र अक्सिजन सिलिन्डर राखेर सुविधा दिइएको छ।अस्पतालम

सीमा क्षेत्रको दूर्दशा र सीमा प्रशासन

त्रिदेशीय सीमाक्षेत्र रहेको दार्चुलाको व्यासमा चार दशकअघि सीमा प्रशासन कार्यालय स्थापना गरिएको थियो । वि.सं. २०३४ सालमा स्थापना गरिएको सीमा प्रशासन कार्यालय लामो समयसम्म नियमित सञ्चालनमा रहे पनि पछिल्लो समय सञ्चालनमा छैन । भारत र चीनको सीमा जोडिएको व्यास क्षेत्रमा सीमा प्रशासन कार्यालय राख्नु पञ्चायती सरकारको बुद्धिमतापूर्ण निर्णय...