झापामा सशस्त्र प्रहरीको थप तीनवटा बिओपी सञ्चालनमा

झापा- झापामा थप तीनवटा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट सञ्चालनमा आएको छ। भारतसँग सीमा जोडिएको झापामा अपराधिक गतिविधि बढ्न थालेपछि झापामा सशस्त्र प्रहरीले थप तीनवटा बोर्डर आउटपोस्ट (बिओपी) सञ्चालनमा ल्याएको हो। बुधबार एक कार्यक्रमका बीच झापाको गौरीगञ्ज गाउँपालिकामा दुई र कचनवकलमा एउटा बिओपी संयुक्त रुपमा उद्घाटन गरिएको छ। गौरीगञ्ज- २ मा बिओपी लालमाटी, गौरीगञ्ज- ४ मा […]

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीद्वारा एकै दिन २१ बिओपी स्थापना

सशस्त्र प्रहरी बलले आइतबार २१ वटा बिओपी स्थापना गरेको छ । हालकै जनशक्तिबाट व्यवस्थापन गरी सशस्त्र प्रहरीले बिओपी विस्तार गरेको हो ।  सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र खड्काअनुसार आइतबार २१ बिओपी...

सीमामा एकैपटक १८ बिओपी थप्दै सशस्त्र प्रहरी

- सुरक्षाका दृष्टिकोणले बढी संवेदनशील मानिएका दार्चुला, बर्दिया, दाङ, बारा, सुनसरी र झापामा नयाँ बिओपी थपिँदै, यससँगै सीमामा बिओपीको संख्या २४६ पुग्ने, तर दरबन्दीअनुसार जनशक्ति अभाव  - पछिल्लो केही महिनायता राजस्व ह्वात्तै...

बिओपी/बेस कमान्डर ६/६ महिनामा फेरिने

सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलले बोर्डर आउट पोस्ट (बिओपी) र बेस कमान्डको नेतृत्व ६/६ महिनामा फेर्ने भएको छ।...

स्थानीयको सहयोगमा निर्मित बिओपी भवन उद्घाटन

झापा : भद्रपुर नगरपालिका-३ स्थित मेचीपारि गाउँमा १८ औं सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) को भवन उद्घाटन गरिएको छ।मेचीपारि गाउँवासीको शान्ति सुरक्षा, चोरी, तस्करी तथा सीमा अतिक्रमण रोक्न उद्देश्यले गत २०७७ फागुनमा ९ गते सशस्त्र प्रहरी बिओपी स्थापना गरिएको थियो। बिओपी स्थापनाका लागि स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गा स्थानीय दाताहरूबाटै आर्थिक रकम संकलन गरी बनाइएको बिओपी भवनको बुधवार एक कार्यक्रमबीच हस्तान्तरण तथा उद्घाटन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिन

चीनसँगकाे चार नम्बर सीमास्तम्भमा पनि पुग्यो बिओपी

सिमकाेट – सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गर्दै आएको सीमा सुरक्षा चौकी ( बिओपी ) हिल्साको टोली नेपाल र चीनको सिमानामा रहेको ४ नम्बर सीमास्तम्भमा पहिलो पटक पुग्न सफल छ। खराब मौसमको कारण पटक पटक सीमास्तम्भमा पुग्ने प्रयास असफल भएकाेमा यसपटक भने माैसमले साथ दिँदा बिओपी सफल भएकाे हाे। सीमा सुरक्षा चौकी हिल्साका इन्चार्ज सशस्त्र प्रहरी […]

सशस्त्र प्रहरीको दुई बिओपी स्थापना

कैलाली / कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका–६ मा बिओपी कालापातल र भजनी नगरपालिका–७ मा बिओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक... The post सशस्त्र प्रहरीको दुई बिओपी स्थापना appeared first on Purbeli News.

सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना

कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका–६ मा बिओपी कालापातल र भजनी नगरपालिका–७ मा बिओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटाले उक्त दुईवटै नयाँ बिओपीको उद्घाटन संयुक्तरुपमा गरे । सो अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं ७ व

कैलालीमा सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना

कैलाली। कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुईवटा बिओपी स्थापना भएका छन्। जिल्लाको भजनी नगरपालिका–६ मा बिओपी कालापातल र भजनी नगरपालिका–७ मा बिओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल कार्यालयले जनाएको छ।सशस्त्र प्रहरी बल, वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटाले नयाँ बिओपीको संयुक्तरुपमा उद्घाटन गरे।

मानेभञ्ज्याङमा बिओपी स्थापना

इलाम । इलामको मानेभञ्ज्याङमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको छ । भारतीय सीमाक्षेत्रमा नेपालतर्फबाट सुरक्षा बढाइँदै लगिने क्रममा इलाम सूर्योदय नगरपालिका–१ को भारतीय सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा सशस्त्र प्रहरी बल नेपालको सातौँ बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको हो । सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको बलियो उपस्थिति जनाउने उद्देश्यका साथ शनिबार इलामका सीमावर्ती क्षेत्रमा बिओपी स्थापना गर्ने अभियानअन्तर्गत सातौँ बिओपी स्थापना गरिएको दावी गरिएको छ । सीमावर्ती क्षेत्रको बिओपी सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र सशस्त्र प्रहरी बल नेपाल, नम्बर १ बराह बाहिनी सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले संयुक्त रूपमा उद्घाटन गरे । सो अवसरमा नगर प्रमुख राईले स्थापना भएका बिओपीलाई व्यवस्थित, प्रविधिमैत्री, सबल र सुदृढ बनाउन जरुरी रहेको बताए । उनले नेपालको भूमि प्रयोग गरी आवतजावत गर्न सक्ने यातायातका साधन र सडक निर्माणमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले ध्यान दिन नसके प्रहरीको मनोबललाई उच्च राखी काम गर्न सकिन्छ या सकिँदैन भन्नेबारेमा सोच्न जरूरी रहेको चिन्ता व्यक्त गरे । इलामको रोङ गाउँपालिकाको मेची किनारदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ किलोमिटरको सीमाक्षेत्रका सात स्थानमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी नम्बर १ हेडक्वार्टर श्रीअन्तु गण इलामका प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले जानकारी दिए । सलकपुर, समालबुङ, छब्बिसे, पशुपतिनगर, मानेभञ्ज्याङ, जौवारी र कालपोखरीमा बिओपी स्थापना भइसकेको छ । आगामी दिनमा रोङको माथिल्लो पाटापुर, सूर्योदयको सुङतुङ, खोला गोदाम, हिले, चित्रेगुम्बा, माइजोगमाइको मेग्मा, सन्दकपुरको गैरीबास र आलटारमा बिओपी राख्नका लागि पहल भइरहेको छ । मानेभञ्ज्याङमा सशस्त्र प्रहरी नायब निरीक्षक एकराज श्रेष्ठको कमाण्डमा काम भइरहेको जनाइएको छ । (रासस)

कैलालीमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना

एक सय एक किलोमिटर खुला सिमाना रहेको कैलालीमा आज मात्रै दुई बिओपी स्थापना भएका छन्। जिल्लामा स्वीकृत भएका बिओपीमध्ये आज कैलारी गाउँपालिका–७ मा बिओपी लठ्ठाघाट र टीकापुर नगरपालिका–७ मा बिओपी कालाकुण्डा स्थापना भएका हुन्।