धनगढी उपमहानगरपालिका–७ को देवहरिया वन क्षेत्रको बीच भागमा बनाइएको काँडे तारबारको घेराभित्रको गौशालामा झण्डै चार सय छाडा गाई, बाच्छाबाच्छी र गोरु राखिएका छन् । भूइँमा धुलोमाटो र गोबरमलमूत्र रहेको खोरसँगै जोडिएको टिनको छाप्रो मुनि घाँसपात र उचित स्याहार नपाएर मर्ने अवस्थामा ती चौपाया पुगेका जनाइएको छ । धनगढी उपमहानगरपालिका र मारवाडी सेवा समितिले संयुक्त रुपमा सो गौशाला बनाएका हुन् । सो गौशालामा चौपायालाई नियमितरुपमा घाँस पातको व्यवस्थापन गर्न समस्या परेको जनाइएक