काठमाण्डाै – संसदीय समितिले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल समाधन गर्न सरकारलाई निर्देशन दिएको छ ।
आज शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले मन्त्रिपरिषदमा प्रस्ताव लगेर भए पनि बीमा कार्यक्रम कार्यान्वयनमा देखिएको समस्या तत्काल समाधान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको हो । बजेट वक्तव्यमा आएको व्यवस्थालाई मन्त्रालय आफैँले वा नसकेमा मन्त्रिपरिषदबाट आवश्यक निर्णय गराएर भए पनि बीमा कार्यक्रम तत्काल कार्यान्यवनमा ल्याउन सरकारलाई निर्देश गरिएको समित...