शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले शिक्षा सम्बन्धी विधेयक तथा ऐनसमेत छिटो ल्याउन सरकारलाई घचघच्याएको छ ।यस अघि पनि मेडिकल कलेजमा शुल्क बढी लिएको विवाद भएको भन्दै समितिका सभापति जयपुरी घर्तीले अहिलेको विषय के हो, सत्यतथ्य बुझेर समस्या समाधान गर्न सरकारलाई निर्देशन दिइन् । उनले सरकारले प्रतिबद्धता गरे अनुसारका शिक्षा विधेयक तथा ऐन पनि तत्काल ल्याउन निर्द