अनशन बसिरहेका नाेबेल मेडिकल कलेजका विद्यार्थीलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन

काठमाण्डाै – संसदीय समितिले एक हप्ताभित्र नोबेल मेडिकल कलेज विराटनगरका अनशनरत १० जना विद्यार्थीलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।  आज सोमवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले २५ गतेभित्र वा ढिलोमा आउँदाे एक हप्ताभित्र विद्यार्थीहरूको समस्या समाधान गरेर उनीहरूलाई पढ्न सक्ने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो ।  समितिको निर्देशन सुनाउँदै सभापति जयपुरी घर्तीले आउँदार्गा तीन महिना क...