धनगढी : सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन्।उनीहरुले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन्। दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निर्णय गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिएका हुन्।राजीनामा दिँदै शाहले भने ,‘मैले पार्टी र पदमा एउटा रोज्नुपर्ने थियो, लोकतन्त्र बलियो बनाउनका लागि मैले पार्टी रोज्दै राजीनामा दिएको हुँ।’ विगतमा शाह र गहतराज