जनकपुरधाम : जनकपुरधाममा चैत २३ गतेदेखि त्रिदिवसीय ‘जनकपुर साहित्य-कला महोत्सव’ हुँदै छ। मैथिली विकास कोषको आयोजनामा महोत्सव आयोजना हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले पत्रकार सम्मेलनमा बताए।महोत्सवमा १० वटा विभिन्न विषयमा संवाद गर्नुका साथै चित्रकला, पुस्तक प्रदर्शनी, ज्ञानसीपको प्रदर्शनका साथै संगीत क्षेत्रका विशिष्ट व्यक्तिको सहभागिता रहने कोषका अध्यक्ष चौधरीले बताए।महोत्सवमा भारतका तीनवटा नाट्य समूह र नेपालका दुईवटा नाट्य समूहका कलाकारले मैथिली, नेपाली तथा हिन्दी भाषामा नाटक मञ्चन ग