काभ्रे : मंसिर ४ गतेको निर्वाचनका लागि मनोनयन दर्ता भएसँगै काभ्रेमा चुनावी माहोल ह्वात्तै बढेको छ। चियापसल, सार्वजनिक यातायात, पार्कदेखि मानिसको जमघट हुने हरेक ठाउँमा चुनावकै विषयमा कुराकानी हुने गरेको भेटिन्छ। अहिले चुनावी गफ नहुने ठाउँ छैन।व्यापारीदेखि किसानसम्म कुन क्षेत्रमा कसको उम्मेदवारी?, कुन पार्टी र उम्मेदवार कस्तो? उनीहरूले विगतमा गरेका काम ?, चुनाव कसले जित्ला ? प्रश्नसहितका विषयमा पक्ष विपक्षमा चुनाव केन्द्रित कुराकानी भइरहेको सुनिन्छ।यसैबीच काभ्रेको प्रतिनिधिसभा अर्थात् संघीय निर्वा