काठमाडौं : आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोधेको निर्वाचन आयोगले चित्तबुझ्दो जवाफ नदिएकालाई जरिवाना गरेको छ। गत स्थानीय चुनावमा स्पष्टीकरणमा चित्त बुझाएको आयोगले संघ र प्रदेशको चुनावमा भने कडा रूपमा प्रस्तुत हुँदै जरिबाना समेत गरेको हो। आयोगले आचारसंहिता उल्लंघन गर्ने, उम्मेदवार, शिक्षक, कर्मचारी, जनप्रतिनिधिलाई ५ देखि २५ हजारसम्म जरिबाना तिराएको जनाएको छ। आयोगले आचारसंहिता उल्लंघनमा बाराको पचरौता नगरपालिकाका प्रमुख जलन्धरसिंह जैसवारलाई सबैभन्दा धेरै २५ हजार रुपैयाँ जरिवाना गरे