विश्वका सर्वश्रेष्ठ फुटबलरका रूपमा रहेका डिएगो म्याराडोनाले १९८६ विश्वकपको क्वाटरफाइनलमा पहिरिएको जर्सीको लिलामी गरिएको छ। उनको यो जर्सी ७.१ मिलियन पाउन्ड (१ अर्ब ९ करोड ९२ लाख रुपैयाँ) मा लिलामी गरिएको छ। जुन कुनैपनि खेलकुदको एउटा सामानले पाएको अत्यधिक लिलामी मूल्य हो। अनलाइनमार्फत गरिएको बढाबढीमा कसले कति मूल्य लगायो भन्ने कुरा गोप्य राखिएको छ।यो खेलसँग जोडिएको विवादका कारण पनि म्यारोडोनाको जर्सीले रेकर्डेड मूल्य पाएको हो।उनले बेलायतविरुद्ध यो जर्सी पहिरिएर क्वाटरफाइनलमा गरेका दुबै गोल ऐतिहासि