लुम्बिनी सरकारले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा प्रदेशवासीको जनजीवन उकास्नको लागि प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथामलाई केन्द्रविन्दुमा राखेको छ । यस्तै सडक विस्तार, प्रदेश यातायातको गुरु योजनादेखि किसानलाई पुरस्कृत गर्नेसम्मका कार्यक्रमहरु समेटिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दै एक स्थानीय तह एक खेलकुद संरचनादेखि सडक पुल निमार्ण गर्नेसम्मका कार्