फेसबुक, ट्वीटर, इन्स्टाग्राम, स्न्यापच्याटजस्ता कुनै पनि सामाजिक सञ्जाल प्लाटफर्म नेपालमा दर्ता नभई सञ्चालन भए २५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्थासहित सरकारले सामाजिक सञ्जालसम्बन्धी ऐन मस्यौदा गरेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले वर्जित कार्य गरे ५ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने प्रस्तावसहित ‘सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तयार भएको हो ।