चार हजार क्विन्टल किसानको धान खाद्यले किन्यो

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानहरूसँग धमाधम धान खरिद गरिरहेको छ ।

सम्बन्धित सामग्री

जलविद्युत आयोजनाको पाँच प्रतिशत सेयर किन्यो कर्णाली सरकारले

कर्णाली प्रदेश सरकारले प्रदेश भित्रकै जलविद्युत आयोजनाको सेयर किनेको छ । हिमाली जिल्ला डोल्पामा निर्माण हुने अर्धजलासययुक्त जगदुल्ला जलविद्युत आयोजनाको पाँच प्रतिशत शेयर कर्णाली सरकारले खरिद गरेको हो ।बिहीबार प्रदेश सरकारलाई सेयर खरिदबापतको प्रमाणपत्र आयोजनाले उपलब्ध गराएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा आयोजना प्रमुख सञ्जलय सापकोटाले मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सेयर प्रमाणपत्र हस्तान्तरण गरे ।प्रदेश सरकारले ११ लाख ७१ हजार ५०० कित्ता सेयर खरिद गरेको हो । प्र

सरकारले किसानबाट किन्यो २७ हजार क्विन्टल धान

सरकारले समर्थन मूल्य तोकेयता खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशका विभिन्न ठाउँका किसानबाट २७ हजार पाँच सय ८६ क्विन्टल धान खरिद गरेको छ । कम्पनीका अनुसार महेन्द्रनगरबाट आठ सय ३७, धनगढीबाट...

युद्धरत युक्रेनले नेपालसँग किन्यो अगरबत्ती, बेच्यो सूर्यमुखी तेल

गत फेब्रुअरी महिनादेखि युुक्रेनले शक्तिशाली छिमेकी देश रसियासँग लडाई लडिरहेको छ । युुक्रेन–रसिया युद्धले विश्वभर महँगी बढाएको र आपूर्ति प्रणालीमा नै असर पुगेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।नेपालको भने रसिया र युक्रेन दुबै देशसँग व्यापारिक सम्बन्ध छ । युद्धमा भिडिरहेको युक्रेनले नेपालबाट अगरबत्ती सहित १५ प्रकारका वस्तु खरिद गरेको तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार नेपालबाट १९ लाख २९ हजार रुपैयाँ बराबरको वस्तु युुक्रेन निर्यात भएको छ । त्यसमध्ये ३७ हजार रुपैयाँ बर

थाहा नगरपालिकाले सेटिङमा १३ लाख बढी हालेर अक्सिजन प्लान्ट किन्यो

काठमाडौं, ३० असार । मकवानपुरको थाहा नगरपालिकाले आपूर्तिकर्तासँगको सेटिङमा १३ लाख बढी हालेर अक्सिजन प्लान्ट किनेको खुल्न आएको छ । भ्याटसहित ९७ लाख १८ हजार रुपैयाँ (सबभन्दा कम मूल्य) कबोल गर्नेसँग अक्सिजन प्लान्ट खरिद नगरी १ करोड १० लाख बढी कबोल्नेसँग ठेक्का सम्झौता गरेको स्वास्थ्य लाइभले फेला पारेको छ । अक्सिजन प्लान्ट खरिदको ठेक्का पाउने […]

घोराहीले किन्यो २० हजारको फोहोर

घोराही उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा २० हजार रुपैयाँको फोहोर खरिद गरेको छ । उपमहानगरपालिकाले २०७७/०७८ बाट फोहोर खरिद सुरु गरेको हो ।यसरी सुरु गरिएको फोहोर खरिद गर्ने कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा २० हजार रुपैयाँको फोहोर खरिद गरिएको घोराही उपमहानगरपालिका सरसफाइ शाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए । उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा चार लाख बजेट विनियोजन […]

नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा किन्यो १८ करोडको घरजग्गा

नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा घर जग्गा खरिद गरेको छ । कम्पनीले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडमा घर जग्गा खरिद गरेको हो।कम्पनीका अनुसार कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोडमा अवस्थित बालमुकुन्द तुलाचनको नाममा रहेको कित्ता नं. ९२ को २ ओटा घरसहित २९९ वर्ग मीटर क्षेत्रफल जग्गा रु. १७,२५,००,०००/- र रजिष्ट्रेशन शुल्क रु. ८६,२५,०००/- गरी जम्मा जम्मा रु. १८,११,२५,०००/- (अठार करोड एघार लाख पच्चिस हजार मात्र) मा कम्पनीको व्यवसायिक एवं कार्यालय प्रयोजनका लागि खरिद गरिएको हो।कम्पनीको संचालक समितिको  २०७८/१२/०७ मा बसेको संचालक समितिको ३३४ औं बैठकको निर्णयले घर जग्गा खरिद गर्ने निर्णय गरेको थियो। बीमा समितिले कम्पनीलाई २०७८/०२/३० माघर जग्गा खरिदको लागिस्वीकृति प्रदान गरेको थियो ।

मनीषलाई विराटनगरले किन्यो

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलाडी मनीष डाँगीलाई एनएसएल टोली विराटनगर सिटी एफसीले किनेको छ । शुक्रबार सुरु भएको एनएसएल अक्सनमा विराटनगरले १ लाख ५० हजार रुपैयाँमा मनीषलाई किनेको हो । क्याटागोरी एका मनिषलाई विराटनगरले मात्र बोली लगाएको थियो । मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन जित्दा टोलीका सदस्य रहेका मनीषले एनएसएलको पहिलो संस्करणमा पनि […]

जब २२ महिनाको बच्चाले अनलाइनमा किन्यो लाखौँको सामान !

१४ माघ, काठमाडौं । कहिलेकाहीँ सानो बच्चालाई मोबाइल तथा इन्टरनेट चलाउन दिँदा ठूलै आपत् पर्दो रहेछ । अमेरिकाको न्युजर्सीमा एउटा २२ महिने बच्चाले अनलाइनमा झण्डै अढाई लाख रुपैयाँ बराबरको फर्निचर अर्डर गरेका छन् । अयांश कुमार नामका ती बालकले आफ्नी आमाको स्मार्टफोनबाट झण्डै २ हजार डलरका सामान अनलाइन अर्डर गरेका थिए । भर्खरै बनाएको घरमा […]

टाटाले किन्यो बिगबास्केटको बहुमत हिस्सा, फ्लिपकार्ट, अमेजन र रिलायन्ससँग टक्कर

एजेन्सी। टाटा डिजिटलले अनलाइन ग्रोसरी बिगबास्केटको बहुमत सेयर किनेको छ। यो सम्झौताले भारतको ठूलो औद्योगिक घराना टाटाको टक्कर अब मुकेश अम्बानीको रिलायन्स रिटेल, अमेजन र फ्लिपकार्टसँग हुनेछ। रोयटर्सको रिपोर्टअनुसार यो सम्झौता करिब ९५ हजार करोड भारुमा भएको हो। अब बिगबास्केटमा टाटाको हिस्सा ६४.३० प्रतिशतसम्म पुग्न सक्ने बताइएको छ। टाटाले बिगबास्केटमा चिनियाँ लगानीकर्ता अलिबाबाको सेयर किनेको हो।

चीनले इरान र भेनेजुएलासँग किन्यो तेल, बाइडनलाई चुनौती

चीनले इरान र भेनेजुएलाबाट तेल आयात तीव्र रूपमा बढाएर अमेरिकाको बाइडन प्रशासनको परराष्ट्रनीति प्राथमिकतालाई चुनौती दिएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।  चीनले इरानबाट मार्च महिनामा ९ लाख १८ हजार ब्यारल तेल प्रतिदिन आयात गर्ने अपेक्षा छ । अमेरिकाले दुई वर्षअघि इरानमाथि लगाएको तेल निर्यात प्रतिबन्धपछिको यो उच्चतम मात्रा हो ।  जहाजको आवागमनलाई ट्य्राक गर्ने संस्थाहरूले दिनको १० लाख ब्यारल बिक्री इरानले गरेको पुष्टि गरेका छन् ।  ‘इरानले अहिलेको मूल्यमा दिनको १० लाख ब्यारल तेल बेचेमा इरानले अ...