चीनले इरान र भेनेजुएलाबाट तेल आयात तीव्र रूपमा बढाएर अमेरिकाको बाइडन प्रशासनको परराष्ट्रनीति प्राथमिकतालाई चुनौती दिएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
चीनले इरानबाट मार्च महिनामा ९ लाख १८ हजार ब्यारल तेल प्रतिदिन आयात गर्ने अपेक्षा छ । अमेरिकाले दुई वर्षअघि इरानमाथि लगाएको तेल निर्यात प्रतिबन्धपछिको यो उच्चतम मात्रा हो ।
जहाजको आवागमनलाई ट्य्राक गर्ने संस्थाहरूले दिनको १० लाख ब्यारल बिक्री इरानले गरेको पुष्टि गरेका छन् ।
‘इरानले अहिलेको मूल्यमा दिनको १० लाख ब्यारल तेल बेचेमा इरानले अ...